स्याङ्जाबाट पाँच दिन पहिले कास्की गएका १६ प्रहरीमा कोरोना संक्रमण पुष्टी
स्याङ्जा :
पोखरामा १६ जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ । मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टीनमा बसेका प्रहरीमा कोरोना देखिएको हो ।
संक्रमित सबै प्रहरी स्याङ्जाबाट ५ दिन पहिले पोखरा गएकाहुन् । प्रहरीलाई कोरोना देखिएर जिल्ला प्रहरी कार्यालय स्याङ्जा सिल भएपछि कास्कीबाट पटकपटक गरेर २५ जना प्रहरी सुरक्षाका लागि आएका स्याङ्जाका प्रजिअ गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । उनीहरु केही दिन पहिले कास्की फर्किएर क्वारेन्टीनमा बसेका प्रजिअ क्षेत्रीको भनाई छ ।
स्याङ्जाबाट पाँच दिन पहिले कास्की गएका प्रहरीमा कोरोना पष्टी भए पछि स्याङ्जामा भने जोखिम बढेको छ ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १८ सय १२ पुगेको छ । तीमध्ये १५ सय ६९ संक्रमित निको भएका छन भने ७ जनाको मृत्यु भएको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


