गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको ज्यान गयो ।
पोखरा : गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको ज्यान गएकाे छ । याे सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।
गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।
गएको सोमबार कोरोना पुष्टि भएपछि पोखरा महानगरपालिका-१९ का ती पुरुषलाई अस्पतालमा भर्ना गरिएको र आईसीयूमा उपचारका क्रममा गएराति ज्यान गएको अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ज्यान गुमाएका पुरुष मधुमेहको रोगीसमेत रहेको अस्पतालले जानकारी दिएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


