गण्डकी प्रदेशमा २० जना काेराेना सङ्क्रमित थपिए, २१५७ पुगे सङ्क्रमित ।

स्याङजा :

गण्डकी प्रदेशमा साेमबार अपरान्ह ४ बजेसम्ममा २० जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकीले साेमबार बिहान र दिउँसाे गरेर २ पटक प्रेस विज्ञप्ति जारी गर्दै २० जना थपिएका सङ्क्रमितकाे ठेगाना र विवरण सार्वजनिक गरेकाे छ ।

लमजुङका ९, गोरखाका ४, नवलपुरका ३, कास्कीका ३ र तनहुँका १ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमा १२ पुरुष र ८ जना महिला छन् ।

याे सहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या २१ सय ५७ पुगेको छ । तीमध्ये १६ सय ९३ जना निको भएका छन् भने १३ सङ्क्रमितको मृत्यु भएको छ ।

.

Facebook Comments Box
TOP