गण्डकी प्रदेशमा २० जना काेराेना सङ्क्रमित थपिए, २१५७ पुगे सङ्क्रमित ।
स्याङजा :
गण्डकी प्रदेशमा साेमबार अपरान्ह ४ बजेसम्ममा २० जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकीले साेमबार बिहान र दिउँसाे गरेर २ पटक प्रेस विज्ञप्ति जारी गर्दै २० जना थपिएका सङ्क्रमितकाे ठेगाना र विवरण सार्वजनिक गरेकाे छ ।
लमजुङका ९, गोरखाका ४, नवलपुरका ३, कास्कीका ३ र तनहुँका १ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमा १२ पुरुष र ८ जना महिला छन् ।
याे सहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या २१ सय ५७ पुगेको छ । तीमध्ये १६ सय ९३ जना निको भएका छन् भने १३ सङ्क्रमितको मृत्यु भएको छ ।
.


Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


