एक बालकसहित गण्डकी प्रदेशमा थप ८ जनामा काेराेना संक्रमण

पोखरा : गण्डकी प्रदेशका थप आठजनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।  प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा चार, बागलुङ र तनहुँमा दुई/दुईजना संक्रमित थपिएका हुन्। 

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

११ देखि ४५ वर्ष उमेर समहूका उनीहरूमध्ये तीनजना महिला छन्। कास्कीको पोखरा महानगरपालिकामा ११ वर्षीय बालकमा संक्रमण पुष्‍टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे । 

योसँगै गण्डकीमा कूल संक्रमित एक हजार ६३१ पुगेको छ। त्यस्तै एक हजार चार सय ८५ जना संक्रमित निकाे भएकाछन् । गण्डकीमा ५ जना संक्रमितकाे निधन भएकाे छ ।

.

Facebook Comments Box
TOP