स्याङ्जाका एक बर्षे बालकले जिते कोरोना
स्याङ्जा :
बिश्वभर कारोना भाइरसको महामारीमा फैलिएर लाखौको मृत्यु भैरहदाँ कोरोना पोजेटिभ देखिएका अर्जुन चौपारी ५ का एक बर्षे बालकले बिजय हात पारेका छन् ।
बाबु र आमा सगै भारतको दिल्लीबाट जेठ ३२ गते आफ्नो गाउँ आएका बालकलाई असार १३ गते कारोना पोजेटिभ देखिएको थियो ।
दिल्लीबाट आएर वडाको सामुदायिक बिद्यालयमा क्वारेन्टाइन बसेका बालकको असार ५ गते स्वाब लिइएको थियो ।
स्वाबको पीसीआर परीक्षणमा परिवारको बालक सहित १९ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।
छिमेकी सगै सङ्क्रमित भएर आइसोलेसन पुगेका एक बर्षे बालकको आइसोलेसनमा लिइएको पीसीआर टेष्टमा नेगेटिभ आएको हो ।
दुधेबालकमा कोरोना भेटिएपछि २२ बर्षिय आमा आरती परियार पनि छोरा सगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा जानु भएको थियो ।
.
आइसोलेसन बसेका बालक सगै रही आमा आरतीको समेत पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ आएको हो ।
श्रीमान र आफु सगै आएका छोरालाई कोरोना देखिएपछि आइसोलेन गएर आफु र सानो दधे छोरा समेत नेगेटिभ नतिजा आएकोमा खुसी ब्यक्त गर्नुभयो ।
एक बर्षे बालक सगै कालिका अस्पताको आइसोलेसनबाट २० जना र गल्याङ् अस्पतालको आइसोलेसनबाट १३ जना गरी ३३ जनाले कारोना माथी बिजय हात पारेका हुन् ।
कालिकाबाट बिजय हात पार्ने अर्जुन चौपारीका ११ जना, भिरकोटका चार, पुतलीबजार नगरपालिकाका तिन, बिरुवा र गल्याङ् एक ÷ एक जना रहेका छन् भने गल्याङ् अस्पतालबाट निको हुनेमा छ जना चापाकोट, चार जना कालिगण्डकी, दुई जना गल्याङ् र एक जना आँधीखोलाका रहेका छन् ।
यहाँ १९३ कोरोनाा सङ्क्रमित भएकोमा एक सय ६१ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
सङ्क्रमित मध्ये कालिका अस्पतालमा १३ जना, कुवर समाज घर वालिङ, १२ जना, करेण्डाडाँ अस्पतालमा दुई जना, चापाकोटमा दुई जना र एक जना गल्याङ् अस्पतालको आइसोलनमा रहेका छन् ।
बिदेशबाट आउने पनि कम रहेकाले सङ्क्रमितको संख्या घटेसगै अब आइसोलेनमा बस्ने पनि एक हप्ता दुई चार जना हुने शर्माले बताउनुभयो ।
समाचार
थप सामाग्रीवालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…