सरकारले दशै दिनमा फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं : नेपाल आयल निगमले दश दिनमै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।
यसअघि सरकारले असार १६ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढाइएको हो ।
अब पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ, डिजेल र मटितेलाई ८८ रुपैयाँ तिर्नुपर्नेछ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभएको छ।

Facebook Comments Box
समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
६ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


