स्याङ्जा सहितका ६ जिल्लामा थपिए १६ जना कोरोना सङ्क्रमित।
स्याङ्जा
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्ता पूर्बका २ महिला सहित ७ जना, तनहुँका १ जना, बाग्लुङका २ जना, म्याग्दीका ३ जना,कास्कीका २ जना र स्याङ्जाका १ जना रहेकाछन् ।
सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार ७९ मध्ये २ सय ९६ जना निको भएर घर फर्किएका छन । गण्डकी प्रदेशमा ३ जना सङ्क्रमितको मृत्यु भईसकेको छ । आज बिहान गारेखाका ४४ बर्षका सङ्क्रमितको निधन भएको हो ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


