अनुपम आनन्दकाे एक अनुभव : स्याङ्जाको ऑधीखोले क्वारेन्टिन
चिरञ्जीवी ढकाल : क्वारेन्टाइनकाे वरिपरिको वातावरणले गर्दा रिसाेर्ट जस्ताे अनुभव हुन्छ । ५/६ वटा ट्वाइलेट र बाथरूम छन् । सबभन्दा राम्रो कुरा, सफा छन् । पानी चिसाे छ । बिहान उठेर नुहाउँदा जाडाे हुन्छ । बसाइँ जतिसुकै लामाे हाेस्, नि:शुल्क रहेछ । खानपान बिलकुलै निःशुल्क छ । बिहान ७ बजे चिया बिस्कुट आउँछ । १० बजे खाना आउँछ । २ बजेतिर खाजा आउँछ । बेलुका ७ बजे फेरी खाना आउँछ । भात खाने या राेटी, आफ्नाे इच्छा । २४ सै घन्टा WIFI_FREE छ । साबुन, ब्रस, मन्जन सबै फ्रि। बाहिरबाट आउने बित्तिकै RDT गरेर नेगेटिभ रिजल्ट आएमा मात्रै भित्र राखिन्छ । हप्तामा १ पटक PCR काे लागि स्वाब सङ्कलन गर्ने टिम आउँछ । ऑधीखाेलाकाे किनार, वर्षामासकाे हरियाली, शान्त ठाउँ, व्यवस्थित क्वारेन्टिन । भद्रगोलै भद्रगोल भएको याे देशमा ऑधीखाेला गाउँपालिकाले यत्तिकाे राम्रो क्वारेन्टिनकाे व्यवस्था गरेकाे छ, प्रशंसा गर्नैपर्छ । ऑधीखाेला गाउँपालिका प्रमुख सुधीर जी, कृष्ण जी, सेतीदाेभान बजारका वासिन्दा, साथीहरू, भाइहरू, मनोज लामिछाने लगायत सबै धन्यवादका पात्र छन् !
(दुबईबाट फर्किएर क्वारेन्टिनमा बसेका युवा ढकालको अनुभव)
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


