अनुपम आनन्दकाे एक अनुभव : स्याङ्जाको ऑधीखोले क्वारेन्टिन

चिरञ्जीवी ढकाल : क्वारेन्टाइनकाे वरिपरिको वातावरणले गर्दा रिसाेर्ट जस्ताे अनुभव हुन्छ । ५/६ वटा ट्वाइलेट र बाथरूम छन् । सबभन्दा राम्रो कुरा, सफा छन् । पानी चिसाे छ । बिहान उठेर नुहाउँदा जाडाे हुन्छ । बसाइँ जतिसुकै लामाे हाेस्, नि:शुल्क रहेछ । खानपान बिलकुलै निःशुल्क छ । बिहान ७ बजे चिया बिस्कुट आउँछ । १० बजे खाना आउँछ । २ बजेतिर खाजा आउँछ । बेलुका ७ बजे फेरी खाना आउँछ । भात खाने या राेटी, आफ्नाे इच्छा । २४ सै घन्टा WIFI_FREE छ । साबुन, ब्रस, मन्जन सबै फ्रि। बाहिरबाट आउने बित्तिकै RDT गरेर नेगेटिभ रिजल्ट आएमा मात्रै भित्र राखिन्छ । हप्तामा १ पटक PCR काे लागि स्वाब सङ्कलन गर्ने टिम आउँछ । ऑधीखाेलाकाे किनार, वर्षामासकाे हरियाली, शान्त ठाउँ, व्यवस्थित क्वारेन्टिन । भद्रगोलै भद्रगोल भएको याे देशमा ऑधीखाेला गाउँपालिकाले यत्तिकाे राम्रो क्वारेन्टिनकाे व्यवस्था गरेकाे छ, प्रशंसा गर्नैपर्छ । ऑधीखाेला गाउँपालिका प्रमुख सुधीर जी, कृष्ण जी, सेतीदाेभान बजारका वासिन्दा, साथीहरू, भाइहरू, मनोज लामिछाने लगायत सबै धन्यवादका पात्र छन् !
(दुबईबाट फर्किएर क्वारेन्टिनमा बसेका युवा ढकालको अनुभव)
.


समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…