‘आजका शिक्षक’

स्वामी देव रोशन :

परिचय:

गुरु ब्रह्म गुरु विष्णु गुरु देवो महेश्वर

गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नम:

अज्ञानरुपी अध्यारोबाट ज्ञानरुपी प्रकाश तिर लैजाने गुरु, ब्रह्मा, विष्णु, महेश्वर समान हुनुहुन्छ । साक्षात परब्रह्म गुरुलाई नमन गर्दछु । भनी स्तुती गर्ने संस्कारबाट हुर्केको हाम्रो परम्परा सत्य युगका गुरु वृहस्पति शुक्राचार्य देखी त्रेतायुगका गुरु बाल्मीकि, द्वापरयुगका धौम्य ऋषि, गोरखनाथका गुरु मच्छिन्द्रनाथ र कलियुगका गुरुहरु, रत्नकिर्ती, वैरोचन, कनकश्री, द्वारपाल पण्डित, धर्ममती, दुस्खोर्प, धानचुप्पा, सुनमश्री, बालगुरु षडानन्द अधिकारी, जयपृथ्वी बहादुर सिंह, रुद्रराज पाण्डे, शंकरदेव पन्त सम्मका गुरुहरु नै आजका शिक्षक ( Teacher) जसले सिक्ने सिकाउने कार्यलाई सहज बनाउने एउटा सहजकर्ता, सुचनाको प्रवाहकर्ता, प्रवर्धनकर्ता, सिकाइ संस्कृतिको सहजिकरण गरी खुला वातावरण सृजना गर्ने, उत्प्रेरक प्रवर्तक, खोजकर्ता, रोलमोडल र प्रशिक्षक पनि हो ।

शिक्षक को हुन ? भन्ने विषयमा विभिन्न विदानहरु, शिक्षाविद्हरु र दार्शनिकहरुको आ-आफ्नो धारणा रहेको छ ।

  • शिक्षाविदहरुका अनुसार

जोन एडम्स – मानवको निर्माण  गर्ने,

वाइल्ड – बच्चा खुसी राख्ने, विधार्थीका प्रकृति थाहा पाउने र

रुसो – विधार्थीका पन्नापन्ना पढ्ने व्यक्तिका रुपमा शिक्षकलाई बुझिन्छ ।

  • दार्शनिकहरुका अनुसार

प्रकृतिवाद – वालकको अवलोकनकर्ता मन्च निर्माता

यथार्थवाद – कक्षाकोठामा वास्तविक ज्ञान प्रदान गर्ने व्यक्ति

प्रयोगवाद – समस्या समाधानको परमधिदाता

अस्तित्ववाद – विधार्थीहरुलाई आत्मानुभुति प्राप्तिको कार्यमा सहयोग पुर्याउने

प्रकृतिवाद – चेतना र निर्माणवादले भनेजस्तो सिकाइलाई सिर्जनशिल बनाउने

  • अन्य महत्वपुर्ण व्यक्तित्वहरुका अनुसार

विल गेट्स – बालबालिका सगं खोल्ने र उत्प्रेरणा जगाउने व्यक्ति

स्वामी विवेकानन्द – मित्रबाट बाहिर वृदि गर्ने मानिस

ओशो – नयाँ मनुष्यको निर्माता

बुद्द – निर्वाणको लागि द्ष्टा निदान र अष्टमार्गको बोध गराउने व्यक्ति शिक्षक हुन ।

प्राचिन शिक्षक र शिक्षणको अवस्था

घरपरिवार र छर छिमेकका मातापिता र अग्रजहरुबाट बुवा दाजुहरुबाट छोरालाई र आमा र दिदिहरुबाट छोरालाई र आमा र दिदिहरुबाट छोरीहरुलाई दिदै आएको शिक्षाले शिक्षाको माग पुरा हुन नसकेपछि समय परिवर्तन सँगसँगै घर बाहिर गएर गुरुहरु सगँ गुरुको आश्रम मै गएर शिक्षा लिने क्रम रह्यो । यहि क्रममा सत्ययुगका गुरु वृहस्पती, शुक्राचार्य देखी बालगुरु षडानन्द अधिकारी, जिसस क्राइस्ट, मोहम्मद, जैन, बुद, सुफि, ताओ, झेन, कन्फ्युसियस सम्मका धार्मिक गुरुहरुले आ- आफ्नै धार्मीक स्थलहरुमा, धार्मीक गुरुहरुले आ-आफ्नै धार्मिक स्थलहरुमा, धार्मीक पुस्तकहरुको अध्ययन गराउने, घोकाउने, रटाउने कार्य गरियो । तिनै धार्मीक गुरुहरु, पण्डितहरु, मौलविहरु, पोपहरुका विचार र शास्त्रहरुले विधार्थीहरुका मस्तिष्क भरिदिने काम भयो । उनीहरुलाई श्रदा र विश्वास अनि परतन्त्रका ज्ञानहरुले पोषण गरियो । विधार्थीहरुका मस्तिष्क, चित्त बोझिलो र बुढो बनाउने काम मात्र गरियो । धार्मिक गुरुहरु, पुरोहित, पण्डित, मौलवी र पोपहरुका विचारहरुले चेलाहरुको मस्तिष्क भर्ने काम गरियो ।

“विधार्थी केन्द्रित शिक्षण प्रविधी सगैँ आधुनिक सुचना तथा सञ्चार प्रविधीको जगतलाई जोडेर उनीहरुमा विचार र जिज्ञासाको क्रान्ति वा विद्रोह रुपी ज्वालामुखी विस्फोटन गराउनु आजका शिक्षकहरुको आवश्यकता हो ।”

आधुनिक शिक्षक र शिक्षणको अवस्था

धार्मीक स्थलहरुमा दिइदै आएको शिक्षाले तत्कालिन आवश्यकता र माग पुरा गर्न सकेन । शिक्षामा नयाँ सोच विचारहरुको विकास, प्रविधीको विकास समयको परिवर्तन संगसगै हुन थाल्यो । यसैको फलस्वरुप विधालय, महाविधालय, विश्वविधालयहरुबाट शिक्षा दिन थालियो । शिक्षालाई वैज्ञानिक पद्ति अनुसार प्रविधीहरुको विकास गरी यसलाई आधुनिकिकरण गरियो र विश्वव्यापीकरण बनाइयो । शिक्षणका विभिन्न परिभाषाहरु, सिदान्तहरुको विकास संगसँगै नविनतम प्रविधीहरु चिन्तनहरु विकास हुन थाल्यो । शिक्षा, स्वास्थ्यको जिम्मा सरकारले लिन थाल्यो । उसले पनि आ- आफ्ना निती नियमहरु, रणनितीहरु, विभिन्न योजनाहरु स्वच्छाले प्रयोग गर्दै गयो । पुंजीवादी, समाजवादी, सामान्तवादी, राजतन्त्रवादी सरकारहरुले आ- आफ्ना शैलीमा शिक्षाका नितीहरु बनाए । विभिन्न धर्म, धार्मीक गुरुहरु, धनपतिहरु, सत्ताधिकारीहरु, समाजका गुप्त स्वार्थीहरुको आड लिएर आ-आफ्नै शिक्षा सम्बन्धी नितिहरुका ज्ञान थोपार्ने काम भयो । मानिसका आफ्नै स्वविवेक र स्वविचारलाई जन्मन नदिने कुराहरुले मस्तिष्क भरिदिए ।

आजका शिक्षक

विगतको शैक्षिक अवस्था शिक्षाका राष्ट्रिय प्रणालीहरुबाट पाठ सिक्दै चालु आर्थीक वर्षको बजेट निती नियमहरुको बारेमा जानकारी राख्ने । शिक्षा सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थालाई आत्मसात गर्दै विधालय, अभिभावक, समुदाय र राष्ट्र सगँको सम्बन्ध रुची र आवश्यकतालाई समेट्दै शैक्षिक योजना निर्माण गर्ने । सुचना तथा सञ्चार प्रविधीको प्रणालीलाई व्यवस्थापन गर्ने । कक्षाकोठाको व्यवस्थापन, मनोवैज्ञानिक व्यवस्थापन, निर्देशन र परामर्शका लागि विधार्थीहरुलाई परिचालन गर्ने । विधार्थीहरुलाई सहकार्यकलाप र अतिरिक्त कृयाकलाप र योजना व्यवस्थापनमा सहभागी बनाउने । बालमनोविज्ञान, बालविकास, बालमैत्री तथा बालअधिकार संरक्षण सम्बन्धी ज्ञान आर्जन गरी व्यवहारिक प्रयोगमा ल्याउने । सिकाई सिदान्त यसमा प्रभाव पार्ने तत्वहरु, उत्प्रेरणाका सिदान्तहरु उत्प्रेरणा जगाउने उपायहरुका बारेमा जानकारी लिई शिक्षण गर्ने । विच – विचमा पृष्ठपोषण र पुर्नबलको प्रयोग गर्ने । नेपाल सरकारले प्रयोग गर्ने पाठ्यक्रम र यसका साहयक एंव सहयोगी सामग्रीहरु प्रयोग गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने । विधालयका हरेक कृयाकलापमा समावेशी शिक्षाको सिदान्त अनुसार सम्पुर्ण विधार्थीहरुलाई सहभागी गराउने । लैङ्गिक समता, समानतन, मानवअधिकारमा आधारित शिक्षण सिकाई कृयाकलाप सञ्चालन गर्ने । शिक्षामा सुचना तथा सञ्चार प्रविधीको आवश्यकता बढेकोले यसको प्रयोगलाई व्यापक गराउने । विशेष आवश्यकता भएका (अपाङ्ग) हरुलाई विशेष ध्यान दिने । शिक्षण सिकाई प्रकृयालाई लोकतान्त्रिक बनाउने । भुकम्प, महामारी, Covid-19 जस्ता दैवि प्रकोपहरु र विपद व्यवस्थापनका बारेमा ज्ञान दिने । यस्ता अवस्थामा शिक्षणका विभिन्न प्रकृया विधिहरुको प्रयोग गर्ने गराउने । मानविय मुल्यमा आधारित शिक्षा, नागरिक शिक्षा, शान्ती शिक्षाका बारेमा ज्ञान प्राप्त गरी यसको प्रयोग गर्ने ।

शिक्षक व्यवस्थापन सम्बन्धी ज्ञान, पेशागत विकासका अवयवहरुको प्रयोग, गुणस्तरिय शिक्षणका लागि प्रतिबद्, शिक्षकका आचारसंहिताको पालना र आफ्ना उत्तरदायीत्वहरु प्रति सधै सजग रहनुपर्दछ । विभिन्न शिक्षण विधिहरुलाई समय, परिस्थिती, विषयवस्तु र पाठ अनुसार तिनिहरुको प्रयोग गर्ने तरिकाको बारेमा ज्ञान हुनुपर्दछ । उपचरात्मक शिक्षण, शैक्षिक सामग्रिहरु निर्माण, संकलन र प्रयोग गर्ने तरिकाहरुको बारेमा जानकारी राख्नुपर्छ । शिक्षण सिकाई कृयाकलापको अन्तयमा गरिने उपलब्धीको लेखाजोखा, प्रश्नपत्र निर्माण र त्यसको विश्लेषण र नतिजाको पनि विश्लेषण गर्न सक्ने ज्ञान हुनुपर्दछ । परिक्षाको विश्वसनियता र वैधता मापन गर्ने क्षमता र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरीकृत परिक्षाहरुको बारेमा पनि ज्ञान हुनुपर्दछ । समय- समयमा विभिन्न समस्याहरु र सुधारका नयाँ उपायहरुको बारेमा खोज गर्न (कार्यमुलक, घटना र मामला सम्बन्धी खोज अनुसन्धान) इच्छुक हुनुपर्दछ । यी र यस्ता कुराहरुमा शिक्षक सधै सचेत,  जागरुक र दक्ष रहदा रहदै पनि आजको अवस्थाले यतिमा मात्रै सन्तोष रहेर बस्न दिदैन । अरु धेरै कुराहरुमा सक्षम रहन आवश्यक देखिन्छ ।

विधार्थीहरुलाई निश्चित विषयवस्तु घोकाएर, रटाएर वा पिलाएर मात्रै हुदैन । उनीहरुका ग्रेड सिटमा A+ बनाएर मात्रै हुदैन । विषयवस्तुले मस्तिष्क भरेर परतन्त्रलाई पोषण गरिदैछ । यसबाट स्वस्थ, सक्षम र स्वतन्त्र मनुष्यको जन्म सम्भव हुदैन । यसले भविष्यका सम्भावनाहरुलाई चिन्तन, मनन गर्ने क्षमता हटाई दिन्छ । विचारहरुको, विषयहरुको संग्रहले मात्रै स्वविचार र स्वविवेकलाई जन्म दिन सक्दैन । विचारविना व्यक्तित्वको मुल आधार निर्माण हुन सक्दैन । त्यसैले शिक्षाले भविष्यका सम्भावनाहरुलाई हाम्रा बालबालिकाहरुलाई उनिहरुका विचार जिज्ञासा जगाउनुपर्छ । विचारमा नै विद्रोहको ज्वालामुखी हुन्छ । आजका शिक्षकहरुले शिक्षणका जुनसुकै सिदान्त र विधीहरुको प्रयोग गरेपनि विधार्थीहरुमा विचार, जिज्ञासा र विद्रोहको ज्वालामुखी विस्फोटन गराउन सचेत र सजग रहनुपर्दछ ।

समाप्त

मा. वि. शिक्षक, गंगालाल मा.वि. , स्याङ्जा

Facebook Comments Box
TOP