स्याङ्जा र कास्कीमा पनि प्रवेश गर्यो सलह किरा !
स्याङ्जा :
शनिवार तराई क्षेत्रमा प्रवेश गरेको सलग किरा आइतबार स्याङ्जा र कास्कीमा पनि आइपुगेको छ । स्याङ्जाको वालिङ नगरपालिका क्षेत्रसम्म आइपुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कार्यालयका प्रमुख शालिकराम अर्यालका अनुसार वालिङमा सलह किरा भेटियो भन्ने खबर आएको छ यर्थाथमा के हो भनेर पुष्टि गर्दै छौ । उनी भन्छन, ‘दक्षिणदेखी उत्तरतर्फको हावाको वहाव कमजोर भएकाले पूर्वबाट पश्चिम गइरहेको छ । अपुष्ट हल्ला भएकाले सवै स्थानीय तहका कृषि प्राविधिक, आइपिएम, सहजकर्ता र एग्रोभटेलाई एलर्टमा बस्न भनेका छौ ।’ यसैगरी कास्कीको महतगौडामा पनि एकदमै सानो झुण्ड भेटिएको अर्यालले बताए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रचारप्रसारमा कडाइ गर्दै स्याङ्जा प्रशासन
७ दिन अगाडि
स्याङ्जा : प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि…


