स्याङ्जामा ३५ प्रतिशत रोपाइँ सकियो
भवानी अधिकारी/स्याङ्जा : स्याङ्जामा ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । गत वर्ष मध्य असारमा करिब २५ प्रतिशत मात्र रोपाइँ सकिएको थियो । जिल्लाको धान रोप्ने भू-भागमध्ये ३५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ पूरा भएको हो । अहिले समयमा मनसुन सुरु हुनुका साथै कुलो, नहर समयमै मर्मत भएकाले गत वर्षका तुलनामा यस वर्ष रोपाइँको प्रतिशत बढेको ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान उत्पादक क्षेत्र हुन् ।
यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङका फाँटहरु पनि धानका प्रमुख उत्पादक स्थान हुन्।
स्याङ्जामा साबित्री, राधा ४, सुनौलो सुगन्धा, खुमल ११, मकवानपुर १, स्थानीय मन्सुली, राधा ७, राधा ११ राधा १२ लगायतका उन्नत जातका धान रोप्ने गरिन्छ । यसैगरी, बर्मेली, जर्नेली, अनदी, गुर्दी, पहेंले, खुमल, गोला लगायतका स्थानीय जातका धान पनि रोपिन्छन् । धान बाली यहांको मुख्य खाद्यान्न बाली हो ।
जेठको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म धान रोप्ने गरिन्छ । जिल्लाको कुल क्षेत्रफलको १६ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिने कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।
‘गत वर्षभन्दा यस वर्ष ५ प्रतिशत बाँझो जमिनमा खेती बढेको छ, उनले भने, ‘जिल्लालाई धानमा आत्मनिर्भर बनाउन १२ हजार मेट्रिक टन धान उत्पादन बढाउन जरुरी छ ।’ गतवर्ष स्याङ्जामा ६५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
समाचार
थप सामाग्री
प्रचारप्रसारमा कडाइ गर्दै स्याङ्जा प्रशासन
१ हप्ता अगाडि
स्याङ्जा : प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि…


