गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८९५ पुग्यो
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका बागलुङ, म्याग्दी, पर्वत, लमजुङ र पोखरामा गरि थप ७ जना संक्रमित देखिएको छ ।
पछिल्लो पटक बागलुङको बागलुङ नगरपालिकाका २९ र ६५ वर्षीय पुरुष, म्याग्दीको बेनी नगरपालिकाका ३० र ४० वर्षीय महिला, पर्वत कुश्माका २२ वर्षीय पुरुष, लमजुङ घर भई आँबुखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष तथा पोखरा महानगरपालिकाका ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
यता, गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार आइतबार नै ६ महिलासहित ४९ जनाले कोरोनालाई जितेका छन्। स्याङ्जाका ४ महिला र २८ जना पुरुष, म्याग्दीका ३ जना पुरुष, तनहुँका एकजना महिला र ५ जना पुरुष एवम् पर्वतका एक महिला र ७ पुरुष कोरोना जितेर घर फर्केका छन्।
.

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


