गण्डकी प्रदेश : थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित २४७ पुगे

स्याङ्जा :
गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा २१ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या २४७ पुगेको हो ।
थपिनेमा २ जिल्लाका २० जना पुरुष र १ महिला रहेकाछन् । उनीहरु सबै भारतबाट आई क्वारेन्टीनमा बसिरहेका निर्देशनालयले जनाएको छ ।
आज थपिनेमा सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्बका रहेकाछन् । जहाँ १८ जना थपिएकाछन् भने पर्बतमा १ महिला सहित ३ जना थपिएकाछन् ।
नवलपरासी बर्दघाट सुस्तापूर्बको हुप्सेकोट गाँउपालिकाका १४ जना, मध्यबिन्दु नगरपालिकाका २ जना,कावासोती नगरपालिकाका १ जना र पालिका नखुलेको १ जनामा संक्रमण पुष्टी भएको हो ।
यस्तै पर्बतको फलेबास नगरपालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित २४७ मध्ये २२ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
.

समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…