गण्डकी प्रदेश : थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित २४७ पुगे
स्याङ्जा :
गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा २१ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या २४७ पुगेको हो ।
थपिनेमा २ जिल्लाका २० जना पुरुष र १ महिला रहेकाछन् । उनीहरु सबै भारतबाट आई क्वारेन्टीनमा बसिरहेका निर्देशनालयले जनाएको छ ।
आज थपिनेमा सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्बका रहेकाछन् । जहाँ १८ जना थपिएकाछन् भने पर्बतमा १ महिला सहित ३ जना थपिएकाछन् ।
नवलपरासी बर्दघाट सुस्तापूर्बको हुप्सेकोट गाँउपालिकाका १४ जना, मध्यबिन्दु नगरपालिकाका २ जना,कावासोती नगरपालिकाका १ जना र पालिका नखुलेको १ जनामा संक्रमण पुष्टी भएको हो ।
यस्तै पर्बतको फलेबास नगरपालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित २४७ मध्ये २२ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
.

समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


