कोरोना कहर भुलाउने रहर– यो दाजुको मिर्मिरे आखा….नरोउ मायालु
अर्पण तिवारी :
“यो दाजुको मिर्मिरे आखाँ, कस्तो मेरो बिगार्यो दिमाख…..यो नानिको सुरिलो भाकाले, छाति चिर्यो गाजलु आखाँले,…… करिमैमा नभाको कुरा, बल गरेर हुदैन हजुर…… करिमैले लाएको डोरो, डोरो छिन्यो मन भयो एकोरो ,…… नरोउ मायालु” यो कालजायी गित अहिले सामाजीक सन्जालभरी छरपष्ट छरिएको छ । कि अहिले हामीले सामाजिक सन्जाल नचलाएको हुनुप¥यो, यदी हामी सामाजीक सन्जालहरु चलाएका छौ भने हामीलाई यो लोकगित नसुनी सायद सम्भव छैन । सामाजीक सन्जाल लोकगित ले भरिएको सम्भवत यो पहिलो रेर्कड होला । सामान्यतय लोकगित अर्थात लोकसाहित्य कुनै समाजको आत्माको प्रतिविम्व हो । कुनैपनि देशको जातिय, सामाजीक, ऐतिहासीक, राजनितिक, धार्मीक, आर्थिक अवस्थालाई बुझन लोकगितले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । कुनै पनि देशका जनस्तरबाट गाइने यस्ता खालका कालजायी गितहरुले नै सो देशको सस्कृतिको परिचय दिएको हुन्छ ।
लोकगित सामान्यतय कल्पनामा आधारित गित नभै दैनिक जीवनका कर्महरुमा आधारित भोगाइहरु हुनाले यसले सामान्यतय मानव मनमस्तिष्कमा नराम्रोसगं दवाव पारेको पाइन्छ । लोकगितमा प्रयोग हुने शब्दहरु सामान्यतय ग्रामीण भाषाका शब्दहरु हुने हुनाले पनि यि गितहरु बढि आनन्ददायी हुने गरेको लोकगितविदहरुको दावि छ ।
लोकगितको इतिहासलाई कोट्याउदा यसको सुरुवात आदिकालबाट भएको किवदतिं हरु पाउन सकिन्छ । आदिकालमा जव मानिसहरु गुफा, ओढार, जगंलहरुमा वस्ने गर्थे , सो समयमा उनिहरुमा सामाजीकता विस्तारै पलाउने क्रममा थियो । उनीहरुमा विस्तारै सुख, दुख, आनन्द, माया, प्रेम का भावहरुको चेतना विकास हुने क्रममा थियो । सोहि समयमा उनिहरुरु आफुले जे भोगे सो नै लयबद्य रुपमा उच्चारण गर्न थाले । यसले नै पछि लोकगितको रुप लिएको पाइन्छ । सो समयमा उनिहरु आफना भावनाहरु लयको माध्यममा त लयबद्ध रुपमा गाउन सुरु गरे तर यसलाई उनिहरु लिपिबद्ध भने गर्न सकेनन त्यसैले आजसम्म पनि लोकगित यो समयबाट सुरु भएको हो भनेर एकिङ गर्नलाई कुनै मिति नभएको लोकगित इतिहासकारहरुको दावि रहेको छ ।
समयसँगै मानिहरुको जीवनयापनहरु परिवर्तन हुदै गए । उनिहरुका दैनिक कार्यहरु बदलिएसगंै विस्तारै आधुनिकता तिर समाज परीवर्तन हुन थाल्यो र विस्तारै पुराना लोकगितहरु लोपोन्मुख अवस्थामा आउन थाले । विकसित सगिंतका साधनहरु र विकसित जीवनयापनमा थपिएका आधुनिक शब्दसन्जालहरुले विस्तारै लोकगितहरुको भाव गलत दिशातिर लान थाल्यो । यहि अवस्थामा पुराना गितहरुलाई नया पुस्ताले आफुसगं भएका आधुनिक सगिंत साधनहरुले सजाउदै आफनो स्वरबाट पुन त्यसमा प्राण भर्न लागे जुनरुपनै आजको “कभरगित” हुन पुगेको छ । यसलाई हाम्रो लोकगित सरंक्षणको एकदमै सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । यसले हाम्रो समाजमा विलयमान अवस्थामा रहेको कला सस्कृतीलाई पुनजागृत गर्ने कुरामा कुनै दुविद्या छैन ।
बढदै गएको “कभरगित” कल्चरले पुराना स्थापीत कलाकारहरुको भावनामाथी तुषारापात गरेको तर्क लोकसृस्टाहरु राख्छन । अचेल सर्जकको विना स्वीकृति “कभरगित” बनाउने होड पनि ह्वात्तै बढेको छ जुन सरासर गलत हो । “कभरगित” आफैमा गलत नभए पनि यस्ता विना स्वकृति “कभरगित” बनाउने प्रबृतिहरुले यसको महत्वलाई द्धविधामा पारेको छ र कयौ केशहरु पनि अदालतमा दर्ता भैसकेका छन् । सामान्यतय कुनै पनि गित सगिंत सर्जक को विना इजाजत गाउन नपाउने कानुनि आधार सृजना भैसकेको छ ।
यदि सर्जकको इजाजत विना कभर गितहरु गाइएको पाइएमा सर्जक ले नेपाल सरकार सस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तर्गत, नेपाल प्रतिलिपि अधिकार रजिष्टरको कार्यलय मा गएर कानुनि रुपमा उपचार लिन सक्छ । प्रतिलिपि अधिकार व्यवस्थाले सर्जकको मौलीक रचनालाई सरक्षण दिने काम गर्छ । यसले कला, सस्कृति, साहित्य, ज्ञानविज्ञान क्षेत्रमा रचनाहरुको प्रतिलिपि अधिकारसगं सम्वन्धीत ध्वनीअकंन, प्रस्तुति तथा प्रसारणको अधिकारको सुनिश्चितता गर्दै यसको सरक्षण र सर्वदन गर्छ । यससम्वन्धी महत्वपुर्ण -Copyright Act 2059) प्रतिलिपि अधिकार ऐन २०५९, र -Copyright Rule 2061) प्रतिलिपि अधिकार नियमावलि २०६१ बनेसर्गै पुराना गितसगितं हरुको सरक्षणमा “कभरगित” ले थप महत्वपुर्ण भुमिका खेल्ने आधार सृजना भएको छ । यसको उदाहरण मा हालै प्रसारण मा आएको “नरोउ मायालु” भन्ने कभरगित लाई लिन सकिन्छ ।
अहिले हामी कोरोना कहरबाट हामी आक्रान्त छौ । यो लेख तयार पार्दा सम्म वोल्डोमिटरलाई आधार मान्दा विश्व मा लगभग ७२ लाख मानिसमा यो रोग सक्रमण भएसगंै लगभग चार लाख आठ हजार मानिसले ज्यान गुमाएका छन । अहिले नेपालमा ३७०० भन्दा बढिमा कोरोना पुष्टी भएसगैं १४ जनाको मृत्यु भएको छ । नेपालमा यो रोग समुदायस्तर बाट फैलिदो क्रममा ३ अकंले अगाडी बढेको छ र निकट भविष्यमा यो ४ अकंका दरले फैलिने निश्चित छ सोहि अनुसार मृत्युदर बढ्ने मा कुनै द्धिविधा छैन तर हामी माहामारिको इतिहास पल्टाउदा अहिलेको कोरोना आतकंबाट जति भएभित भएका छौ त्यो हुन जरुरी छैन यसको अर्थ कोरोनासगं लापरबाहि गर्नु भने पक्कै होइन हामीले सरकारले र WHO ले भनेबमोजीम शर्तहरु अनिवार्य प्रयोग गर्नपर्ने हुन्छ ।
सन १९१८ मा सुरु भएर लगातार १५ महिनासम्म विश्वभर फैलिएको स्पानिस फ्लु’ (H1N1) ले ससांरभरको एक तिहाइ जनसख्यां करिव ५० करोडमा सक्रमण भएको र यसले विश्वका ५ करोड भन्दा मानिसको ज्यान लिएको इतिहास त्यति पुरानो छैन । यसलाई आधार मान्दा हामी आफ्नो मानसिक सयंमता गुमाउनु पर्ने, मानसिक सन्तुलन मा कुनै विकार तत्व ल्याउन आवश्यक छैन । यो रोगबाट हामी मानसिक रुपमा टाढा रहन विभिन्न योग तथा सगिंत अभ्यास मा आफुलाई व्यस्त राख्न सक्छौ । जसरी अहिले नरोउ मायालु बोलको गित सगैं हामी आफुलाई सामाजीक सजालहरुमा भुलाएका छौ यस अर्थमा कोरोना कहरमा यो सागीतिक मलम भएको छ ।
खवरहवडटकमलाई आधार मान्दा नेपालमा फेसबुक प्रयोगकर्ता एक करोड भन्दा बढि रहेको पाइन्छ । सोहि हाराहारीको अनुपातमा टिकटक प्रयोगकर्ताहरु रहेको अनुमान गर्न सकिन्छ । हाल पछिल्लो हप्तामा फेसबुक वालहरुमा र टिकटक एकान्टहरुमा यो नरोउ मायालु बोलको गित अपलोड भएको छ जसले केहि मात्रामा भएपनि हामीलाइ कोरोनाकहरले अतालिएको मानसिकताबाट टाढा राख्न सफल भएको छ । यो गित सुरुमा विमाकुमारी दुरा र प्रविण गुरुङले २०४६ सालतिर रेकर्ड गरेका हुन । अहिले चेतन गोतामे र निरु शिरिस मगरले यो कभरसङ गाएका छन । स्मरण होस कभरगित गाएक स्याङजा बालिङका हुन र उनी आइ.एम.इ. लोकस्टार का अहिलेको सिजनका फस्ट रनर अप पनि भएका हुन । यो कभर गित गत साता मात्रा मात्र युट्युवमा अपलोड भएको छ । एक हप्ताको हाराहरीमा यो कभरगित युट्युवमा अठार लाख भन्दा बढि पटक पटक हेरिइसकेको छ ।
हाल आएर सवै फेसबुकका भित्ताहरुमा यो गित भरिएको छ । टिकटक प्रयोगकर्ताहरु यो गितमा आफुले टिकटक नवनाएको वा टिकटकमा यो गित दिनमा एकपटक नहेरेको लगभग पाउन मुस्किल छ । कोरोना कहरमा सामाजिक सन्जाल फेसबुकमा पनि अति क्रियासिल डा.कल्याण सुबेदि जसको फेसबुकमा मात्र पाचलाख पचासहजार भन्दा बढि फयान फलोइङ छ, उनी चाइल्ड एण्ड एडल्ट साइक्याट्रिक मेन्टल हेल्थ डाक्टर हुन यीनले कोरोना कहरमा कोरोना टिप्स मात्र दिइरहेका थिए हाल आएर उनी पनि यो गित बाट अछुतो भएका छैनन ।
त्यस्तै अहिले पछिल्लो समय नेपाली लोकपारखीहरुमा निकै प्रिय बनेका प्रकाश सपुत पनि यो गित टिकटकमा अपलोड गरिसकेका छन । त्यस्तै आधुनिक लोकपप विधामा आफनो नाम अव्वल स्थानमा राखेका नयापुस्ताका सेलिब्रेटि दुर्गेस थापा पनि यो गितमाआफनो टिकटक गराइसकेका छन । यो गितबाट अहिले नेपाली समुदाय एकतमासले लयबद्ध भएको छ । यो कालजयी भाका आफैमा मन बहलाउने खालको छ । यस्ता खालका कभर गितहरुले समाजमा लोपोन्मुख हुदै गएका भाका हरुको त सरक्षण गरेको नै हुन्छ यसको अवला हाल यस्तो विपतको बेलाको घाउ मेट्न यो गित निकै सफल पनि भएको छ । कोरोना कहरले विस्तारै समाजलाई डिप्रेसनको अवस्थातिर लगेको बेला योग तथा यस्ता कालजायी गितहरुले महत्वपुर्ण स्थान खेल्न सक्छन । समाजमा बढदै गएको असन्तुलित मानसिकतालाई बहलाउन यि र यस्तै खालका लोकभाकाहरु, योग अभ्यासहरु आउन जरुरी छ यसले समाजमा अवश्य सकारात्मक प्रभाव पार्ने छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …