असारे बिकासले निम्त्याएकाे दुष्परिणाम !

राजु डुम्रे (मार्मिक) :
प्रकृतिकाे सुन्दर देश नेपाल । कला र संस्कृतीकाे सुन्दर देश नेपाल । गाँउ नै गाँउको अनुपम सुन्दर देश नेपाल । हिमालको चिसो बतासको स्पर्श र तराइको न्यानो हावाका झोक्काहरु एकै पलमा पाइने देश नेपाल । के छैन र यहाँ अदभुत अलौकिक अमुल्य खजना छ यहाँ । जोश ले भरिएको जनशक्ती छ ।
छैन त केवल चेतना,समाज र देश बदलल्ने अठोट,सम्बृद्धी अभियान्ता इमान्दार नेता र स्वतन्त्र जनता। बिकास र सम्बृद्धीको भाषण घोक्रो फुलाएर ठोक्ने नेता,हात भाचिने गरी ताली ठोक्ने जनता। देशमा आएको गणतन्त्र र धर्म निरपेक्षता नै महत्वपुर्ण प्रगती ठान्ने हामी ।
बिकास निकास र बजेट प्रती कती सम्बेदनशील छैनाैं हामी । कमाउन त नेताले मात्र होइन,कार्यकर्ताले पनि छ। अनी योजना का उपभोक्त्ता समितीलाई पनि खल्ती गरामागरम गर्नु छ। जनतालाई पनि उदघाटन त समापनमा मासु चिउरा खाने रहर छहोला । तेही देशको नागरिक म।जहाँ झरिमा कालोपत्रे गरेको, बाढीमा तटबन्धन बाद्दै गरेको, झुलेका धान र घोगा हाल्दै गरेका बाली माथि डोजर गूडायको टुलुटुलु हेर्ने नागरिक म।
हुन त असार बादलको महिना, बर्षाको महिना । लगनको महिना। मानो खाएर मुरी उब्जाउने महिना । बाढी,पहिरो डुबानको महिना। बिशेतः सावधानी र सर्तक अपनाउनु पर्ने महिना। तर नेपालको द्रुत्तर बिकासमा छुट्टै महिमा बोकेको छ असारले। बडो हतार हतार र ब्यस्त महिना पनि छ यो। प्राकृति नै सृजनशिल बन्ने महिना र रचनात्मक पनि छ असार। कैयौ सर्जकका गीत, गजल, कबिता पनि फुरिरहेका हुन्छन। मायापिरती र प्रेम सँग पनि गासिएको हुन्छ असार।
मेलापात अर्मपर्म मा असारे गीत,लोकगित गजल सँगै मायापी संसारले राज पनि गर्न भेउछ असारले । असार, हो असार हाम्रो मुलुकमा द्रुततर बिकास र सम्बृदीले राजकीय भर्मण गर्ने महिना हो। देशका बिकासे नेता बिकासे कर्मचारी,ठेकेदार र उपभोक्ता समितीले बिकासको आँखा उघार्ने महिना । बितेका एघार महिना भुसुक्कै निदाएर असारमै एकायक बिकास निर्माण,तालिम सेमिनार सम्झन भेउछन बिकासका हिमायतीहरु।
बिकासका नाममा बरबर हत्या हुन्छ, भकारीमा बास बस्न लाग्नै आटेका बाली निमोठिन्छन। कर्मचारीले तारन्तार कामको लागि प्रेसर गर्छन्। अनी कार्यकर्ताले नेताको फेरो समाउछन,सडकमा ओर्लिएर उपभोक्ता समितीलाई कन्याउन पुग्दछ। उपभोक्ता समिती जनता नै हुन तर दलगत भाग बन्डाबाट गठन गरिन्छ। लेखा र संचालक समिती मिलेपछी हिसाब पारदर्शी बनाएझै बिकासमा सेटिङ मिल्छ ।
ठेकदार मात्रा होइन उपभोक्ता समितीलाई पनि असारको महिमा अपार लाग्न थालेको देखिन्छ आजकाल। असारको प्रतिक्षामा नेता देखी उपभोक्ता समिती सम्मका हुन्छन साथमा मासु चिउरा खानेहरु पनि । धान रोप्न होइन्न खल्तीमा बिकास रोप्न। यो किसिमको राजकीय भ्रमण मुर्हत जुराउने सस्कृती नयाँ चाँही बिल्कुल होइन्न। गाउ गाउमा कामको चटारो हुन्छ। तेही माथि बिकासले खेतीकिसानी काममा धक्का दीईरहेको हुन्छ।
जस्ले बाली लगाउनै ढिला हुन्छ।परीणाम उत्पादनमा ह्रश आउछ। कुलग्रास्थ उत्पादनमा गिराउट आउछ । जसको प्रतक्ष्य असर अर्थतन्त्रमा पर्छ। बिशेष रुपमा झाङिएको यो असारे बिकास मुलत कार्यकर्ता पक्षपोशण कै लागि जस्तो लाग्छ। सांसद बिकास कोश (स्थानिय पूर्वधार बिकास कोश)पछीको दोश्रो प्लेटफर्म। दिन भरी बिकास रात भरी बिनास डल्लो परेर गरेको निर्माण रात भरिमा कुनिर्माण। यस्तो परीदृस्य देखिनु असारे बिकासको बिशेषता नै हो। असार भरी बिकासको रमझम चल्छ।
तालिमहरु चल्छन अझ एक हप्ते तालिम छ भने पनि हप्ता भरिको शही गरेर तीनचार दिनमा सकिन्छन। देशब्यापी भर्मण पनि चल्छ। बिकास बजेटको आधा आधी सक्न ११ महिना लाग्छ बाँकी आधा एक महिनामा सकिन्छ। नेपालीले चान्स पायो भने गर्ने यही हो। तर साउन नै लाग्दा नलाग्दै बिकास उजाडियर भेल सँगै हिन्द महासागरको बाटो तय गर्छन्।
किन्कर्तब्यबिमुठ भएर हामी हेरिरहन्छौ आँखाले भेटे सम्म। भत्कनु बिग्रनुको सारा दोस बर्षात ले बोक्छ दोसी यही श्रीजनशिल असार बन्छ। असारमा बिकासको मुल मात्र होइन बाढी नै आउन थालेको छ। यही नहोस् भनेर संविधानले जेठ् १५ मै बजेट पेस गर्ने र आर्थिक बर्षको सुरु बाट नै काम गर्ने तय गर्यो। “छाला जाला तर कालो जान्न” भनेझै प्रणाली सुध्रीनै सकेन।
भएका र हुँदैगरेका बिकास योजना सबै बाढीले सोहर्छ । अर्को साल फेरी तेही योजना बजेटको प्रतिक्षामा बस्छ। ठेकेदार,कर्मचारी,नेता,उपभोक्ता समितीको गोजी भरिरहन्छ। आमसर्बसाधारणको रोजिरोटी खोसिरहन्छ। केही दिन अघी सामाजिक सन्जालको पोस्टमा कमेन्ट गरेको थिए। हुँदाखादा को खेतिको सत्यनास भनेर। जहाँ मकै माथि डोजर चलाइएको थियो बाटो निर्माणको लागि। उताबाट रिप्लाई आयो पिर नगर भाई मेरो खेती हो।
.

मैले त्यहाँ श्रम,पसिना, उत्पादन र आर्थिक चौपट भएको देखे। तेसो हुनुमा असारे बिकास नै थियो।राज्यमा जती नै ब्याबस्था फेरिए पनि राजनितीमा अनुहार फेरिएन भने बिकास,निकास र बजेटमा सदुपयोगिता र पार्दर्सिता खोज्नु “जुनकिरिको पिधले स्वर्ग उज्यालो खोजे झै हो”। लाग्छ असारे बिकास छ र त देशमा नेता,कार्यकर्ता र कर्मचारी छाटमा छन। “बनमा बेल पाकेर चरालाई के खुशी” जनता लाई तेही हो असारे बिकास।
देशमा नभएको होइन्न सम्बृद्धी भएको छ। तर बासमा फुल कहिले फुल्छ? उचाइ त छ नि, हो त्यो बासको टाङ हो असारे बिकास। न फुल न सुगन्ध । कागज पत्र बिल भर्पाइ मिलेकै भरमा बजेट निकासा गरिनु र स्थलगत अनुगमनमा झालसाजी गरिनु,सानो कोसेलीमा आफ्नो इमान बेच्नुले बिकास र सम्बृदी भडखालोमा जाँदैछ।
अहिले असारे बिकासलाई स्तरिकरण गरेर बिनास हुने बजेट रोके मात्रा पनि बर्तमान अर्थतन्त्र ढल्मलाउनबाट जोगिन सक्थियो होला। अर्थमन्त्री संसद्मा कोहोलो गर्नु पर्ने पनि थियन। तर के गर्नु “ढिकिले स्वर्गमा पनि धान नै कुट्ने हो” । दिनभरी खनेको सडक पहिरोले गलत्याउछ। दिन भरी लगायको प्रखाल बाढीले ढाल्छ ठेकेदारको मर्का बुजेर सरकारी इन्जिनियरले पास गरिदिन्छ। मर्का भित्र रहस्य पनि लुकेको हुदो रहेछ। ठेकेदारले भुक्तानी पाउछ। इन्जिनियरले नोटपानी पाँउछ। उपभोक्त्ता समितीहरुले मेजमानी पाउछन। जनताहरुले पुन सास्ती पाउछन। यसरी असारको चलचित्र सकिन्छ कलाकार भन्दा पनि निर्देशक र निर्माताको थैली भरिन्छ। ठ्याकै एक बर्ष पछी यही चलचित्र लाग्छ पर्दामा।।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…