‘सहर’ रोचक प्रस्तुती

Shambhu_edit_sahar

शम्भु अर्याल :
सहरमा बा-आमाहरू हुन्छन्।  बुढा बुढी हुन्छन् । केटाकेटीहरू  हुन्छन् । जवान युवाहरू हुन्छन् । सानाे छँदा साेच्थें सहरमा धैरै मुन्छेहरू हाेलान । शिष्टता शभ्यता हाेला । निष्ठा र इमान्दारी हाेला । वृहत् मन हुने तमाम चालचलन, व्यवहार सहरमा हुन्छ। सहरमा विद्या, बुद्धि, विवेक, ज्ञान, सान,मान प्रतिष्ठा, माया र सद्भाव हाेला । सिमाना भित्रकाे सिमित गाउँले परिकल्पना सहरको बारेमा  ।

घना बनमा एउटा माकुराकाे जालाेमा बनमाकुराे आफ्नाे हात्तीकाे साेंढजस्तै साेंढ,मच्छरकाजस्ता खुट्टा, जुकाकाेजस्ताे ढाड फैलाएर खुबै चिप्किएर बसिरहेकाे छ । यसाे आहारा पर्याे भने लम्किन्छ जालकाे वरिपरि । बनमाकुराकाे जालाे ठुलै छ । 
बनमा मात्र हाेइन,  हिमाल, पहाड, टाकुरा, फेदी, तराई, कान्लातिर पनि साना माकुराहरू झ्याउ जस्तै जालाे लगाएरै बसेका छन् । फरक यत्ति छ। बनमाकुराकाे जालाेमा महाजालकाे जस्ताे बडाबडा आँखा छन् ।  झ्याउमाकुराकाे जालाे, जालकाे जस्ताे छिद्र छ । महाजाल शहरलाई जालमा पारिदिन्छ । जालमा फएटाे पर्छ । आखिर जाल जालै हाे । यसले माछाेलाई जालमा पार्छ । बनमाकुराकाे जालाेमा भँगेरो  अड्किन सक्छ । लाटेकाेसेराे पनि अड्किन सक्ला । कान्ला कान्लिका झारकाे जालाेमा किराे, फटयाँङ्ग्रो, पुतलि अड्किन सक्छ । याे त भयाे शहरको वरिपरि रहेकाे तलमाथि, भिर कान्धला, तप्केनी, बलेसी, बनजङ्गलकाे कुरा । खाेलानाला, झिर  र प्रकृतिकाे विषय। यस्तै यस्तै लागिरहेको छ शहरपनि मलाई ।


“पख्नुहाेस अब म मेराे कुरा गर्छु । शहरमा तपाईकाे, घरकाे, परकाे, नरकाे, डरकाे र भरकाे,अन्खिटका कुराहरू पनि मेराे विषयवस्तु रहनेछ । शहर न हाे यहाँ सब हुन्छ र हुँदाेरहेछ । पढाइ,देखाइ, गराइ र भाेगाईकाे ठुलै अनुभव छ मेराे सहरसँग । सहरमा राेगी, मनराेगी, भुक्ततभाेगी, संयाेगी, रहर , कहर, आँचेटमचेट, बेसन, फेसन सब हुँदाेरहेछ ।”


सर्बप्रथम म यहाँनेर खिन्नता महशुस गर्छु कि नदेखिने जुन शहरदेखि गाउँसम्मकाे लहराेले बाँधिएर आफ्नै काम फत्ते गर्नपनि अरूमाथि नै निर्भर रहनुपर्छ । नियमकानुन राज्य र राष्ट्रका लागि साझा हुनुपर्छ । तर मलाई त्यहाँनेर उदेक लाग्छ त्यही निमम प्रतिनिधि केही बुझ्छ, प्रशासन अर्कै बुझ्छ , जनता अर्कै । कुलि, ढकार , रेक्सावाल, बरिस्ठ, कनिष्टहरूकाे गर्दीमा आफ्नै वर्दीकाे सान र साैकत छ सहरमा । यिनै वर्दीभित्रकाे खल्तिअनुसार चल्दाेरहेछ शहरकाे शासन, नियमकानुन, आवर र पावर सबै । तपाईंले सानासाना कामहरू सरूवा, बढुवा, जागिर, पेसाे काे मेसाे मिलाउनुहाेस् त ल याे वायरलेस लहराेले पहराे नतान्दा सम्म । बल्ल तपाईंको खुबीलाई म सम्मान गर्छु । म हुनुकाे पहिचान नै पिन्जडा भित्र कैद छ याे सहरमा । पिंजडा मुक्त गरिदिए तपाई उड्नुहुनेछ । नत्र थुपुक्क बस्नुहाेस सुगा जस्तै। मैना ! मैइना भनेर ।
मैले आफ्नै रेष्टुरेन्ट सञ्चालन गर्न घरमा गरेकाे बिद्राेह सम्झिन्छु । म रेष्टुरेन्ट खाेल्ने विचारले एकाेहाेरीइ सकेककाे थिएँ । बाहुनकाे छाेराे र पण्डितकाे नातिलाई दिन्छम् रक्सी बेच्न ? मैले सबैभन्दा ठुलाे युद्ध घरमै लड्नुपर्याे । किन टाढा जानू पर्याे । 


“अर्को ठुलाे लडाइँ लड्नुपर्याे समाजसँग । चारतलामाथि रेष्टुरेन्ट खाेलेर वालिङलाई दुबई बनाउछु भन्ने नसाेच बाबू । अलिअलि खाडिबाट ल्याएकाे पनि सकेर झाेलीतुम्बा बाेकाैला । ”

अहाे याे हीन ग्रन्थिलाई परास्त गर्न निकै ठुलाे बैचारिक शक्तिकाे आवस्यकता पर्याे । यिनै शक्तिकाे बाेझले अँचेटिएर त हाेला दिनानुदिन उच्चशिक्षा सकेर घामकाे उज्यालाे खाेजिरहेका अनुहारमा  जुनकाेजस्ताे चमक भएका युवाहरूकाे दिनदिनैकाे बढ्दाे आत्महत्या वृद्धि । मेरै आसपास केहीमहिनाभित्र संजिव “माेहन” काेइराला र  सागर लम्साल चापकाेटमा यत्तिकै त्याे बैंशलाई आँफु स्वयंले निमाेठेका छैनन् । समस्या छ सहरमा । लामवद्ध कमिलाकाे ताँतीजस्तै एयरयाेर्टमा बाेर्डिङपास लिन त्यसै उभिईरहकाे छैन भिड । 
अस्तिमात्रै चापकाेटकाे एकजनाले घडेरी किनेर घर बनाउन शुरू गर्याे शहरमा । तीनतलाकाे नक्शा सरकारबाट पासगरेर जगमात्र लगाउन के लागेकाे थियाे, आडकाे छिमेकीले मुड्की सुर्किहाल्याे । दुईहाते ठुलाे कुरा गर्छस ? खै नक्सा देखा ? बबाबा ! तीन तला ! बनाउनी ? बनाउनीभा तीन हात दायाँ र तीन हात बायाँ छाेडेर दुई तलामात्रै बना ! मेराेभन्दा माथि लैजान चै पउँदैपाउँदैनस् । बुझिराख ! बिचराे नयाँठाउँ । उसकाेउपर काे बाेल्दिने ? लुसुक्क सास दबाएर, बाह्रहात किनेकाे घडेरीमा तीनतीन हात छाेडेर, छ हातमा सँघुरियाे परकाे निमुखाे निम्छरो करको डरले । साँघुरियाे छ हात र दुईतलामा । आहाे ! केकाे नेपाली, चाईनिज र भारतीय ? काे घरकाे ? काे परकाे ? याे काेपाेभाजनले ले पाे रगतकाे रफ्तार बढिदिन्छ । भड्किन्छ मेराे धड्कन ।अमिलिन्छ मेराे चेहरा । जलन हुन्छ मेराे नसा र मलिन हुन्छ मेराे अनुहार ।
यस्ता कति पाहुनाहरूसँग साक्षातकार गरेकाे छु मैले मेराे आडकै छिमेकीले गलत बाटाे देखाइदिँदा,  आफुहरूले कष्ट भाेगेकाे । एकजना पाहुनाले नराम्राेसँग मलिन हुदै  चित्त दुखाए । झापाबाट लुम्बिनीसम्म पारिवारिक भ्रमणमा हिडेका उनिहरू मेराे चाेकनेरकाे छिमेकीसँग बस्न अलि सुविधा भएकाे हाेटल साेधेकाे पाँच किलोमिटर टाढाकाे हाेटेलकाे लाेकेशन दिएछन् । उक्त हाेटलमा पुगेकाे हाेटल पूरा बुक भैसकेको रहेछ । फेरि साेही हाेटलवाला शाहुले मलाई फाेन गरेर रूम बुक गरिदिए । पहुनाहरू काउण्टरमा भेड्किनेबित्ति एक्लैएक्लै भटभटाइ रहेका थिए । कस्ताे खाले मान्छे सँग साेधिएछ ? यहीँ यति सुविधासम्पन्न हाेटेल रहेछ । याे ठिहीमा आेहियात यत्रो दुःख पाइयाे । याे कुनै काल्पनिक कथा हाेइन । याे पटकपटक धेरै पहुनाहरूसँग साक्षात्कार गरेकाे  वर्तमान समयकाे हाम्राे समाजकाे वास्तविक मानसिकता हाे । तपाई गाैर गरि शुक्ष्म अध्यान गर्नुहाेस । जताततै देख्नुहुनेछ ।
उखानै छ ।” नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो” ! रातदिन श्रीमतीको गनगनले हारै खाएर  श्रीमान खाडि पस्छ । सँगसँगै हुँदा पाे  “तैं रानी मै रानी, को भर्ला कुवाको पानी” ! जब चार पाँच मैना घरभित्र एक्लै परिन्छ नि । ”नभएकाे पाेइ कस्ताे कस्ताे भएकाे सस्ताे” हुन कतिसमय लाग्छ र ?फेसबुकाँ लरक्क साडि लर्काएर मेकअपले सजिएका बिबीमियाँका फाेटा देख्दा देख्दा मन बहकिन के बेरलाग्छ ? केही  ढङ्ग नभएकाे लखरपाँडेले ” आखा जुधे पाे घरमा जुध्ने माैका पाईन्छ ”  टिकटकमा डाईलग बनाएर म्यासेन्जरमा फ्वात्त पठाईदिन्छ । अब टिकटकमा दाेहारी खेल्न परिहाल्याे । अनुहारभरी बेसन घस्याे । चडक्क पर्याे ।  मुख उम पार्याे ।


”मलाई पनि दिउदिउ झै लाएकाे

मायालुले हाे कि तेही माएकाे

 हेरी राख मायालु नजरैले

सयकाे गुण तिराैला हजारैले”


अर्काकाे गीत टिकटकले भिडियाेकाे माेडलभन्दा हिट भैगाे । फिट भै हाल्याे माया पिरीम । खाडिकाे रापले बुढाे कत्ला फेरीन लाग्दाकाे छालाजस्ताे शरीर लिएर घर फर्कदा स्वास्नीकाे फाेनका घण्टीले दिक्क लागेर ! सानू कस्का फाेन हुन् यतिबिधि ? भाका मिलाइ हाल्छिन् टिकटककी किराे पारखी । हेर्नू बुढाे ! घरमा लाेग्नेमान्छे नभएपछि कति काम लिईरहन पर्छ समाजमा । हजुरलाई मेराे माया पउनु छ भने अनावश्यक शंका नगर्नु है। सँधै विदेश बस्ने लाहुरेलाई समाजका कुरा के थाहा ? नत्र हजुरले मेराे माया पाउनु हुन्न । अभागी । जिल्ल पर्छ ।


“सहरमा भैरहेका दैनिकी र दिनचर्याले कहिलेकाहीँ निकै भावविह्वल हुन्छु । ह्रास हुँदै गइरहेकाे वेदना, समवेदना, मायप्रेम, संवन्ध र सद्भावनाले दिनदिनै प्रश्नैप्रश्नकाे चाङ लाग्छ मस्तिष्कमा । ”

अाजभन्दा भाेलि माैलाउदै गइरहेको दैनिकी, दिनचर्य , मानवीय प्रवृति र फेसनलाई याे अबाेध कविमन के नै गर्न सक्छ र ? हरफ काेर्याे बस्याे बन्द काेठाभित्र ।

 वालिङ – ६ ,मिर्दी,स्याङ्जा

Facebook Comments Box
TOP