‘त्यसैले दुरी हाम्रो अलिक राम्रो’
मातृका अर्याल :
व्यापार वाला र जागिर वालाको कुरा मिल्दैन हजुर ,
लगानी भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
घरवाला र डेरा वालाको कुरा मिल्दैन हजुर ,
मासिक भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
आफ्ना वाला र पराइ वालाको कुरा मिल्दैन हजुर ,
सामिप्यता भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
वाइफाई वाला र डाटा वालाको कुरा मिल्दैन हजुर ,
फोर जि भए बेग्लै होला,
त्यसैले दुरी हाम्रो अलिक राम्रो
बाइक वाला र ट्याक्सी वालाको कुरा मिल्दैन हजुर,
सवारी भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
रस्नादी वाला र प्रसादी वालाको कुरा मिल्दैन हजुर,
जेजमानी भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
पुंजी वाला र राहत वालाको कुरा मिल्दैन हजुर ,
राष्ट्रियता भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
इमानी वाला र वेइमानी वालाको कुरा मिल्दैन हजुर ,
संकटमा भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
शिक्षा वाला र भिक्षा वालाको कुरा मिल्दैन हजुर ,
व्यवहारमा भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
आज वाला र भोली वालाको कुरा मिल्दैन हजुर ,
वाद्यतामा भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
व्यवसाय वाला र कला वालाको कुरा मिल्दैन हजुर ,
परिभाषामा भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
धन वाला र तन वालाको कुरा मिल्दैन हजुर,
समस्यामा भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
वर्तमान वाला र भुत वालाको कुरा मिल्दैन हजुर ,
अनुभवमा भए बेग्लै होला
त्यसैले दुरी हाम्रो अलिक राम्रो
शहर वाला र जंगल वालाको कुरा मिल्दैन हजुर ,
जरुरतमा भए बेग्लै होला स्वार्थमा भए बेग्लै होला । त्यसैले दुरी हाम्रो अलिक राम्रो
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


