नेपालको इतिहास : सुगौली सन्धी र नेपालकाे सिमाना
खुमकान्त अर्याल :
वि.सं १८०१ मा गोर्खाका राजा पृथ्वीनारायण शाहाले नुवाकोट माथी आक्रमण गरी गोर्खा राज्यको पहिलो विस्तार गरे, राज्य विस्तारको अभियानमा गोर्खालाई प्राप्त भएको यो सफलता नै एकिकृत नेपाल निर्माणको लागि शिलान्यास हुन पुग्यो । नुवाकोट पछि काठमाण्डौ उपत्यकालाई घेर्दै अगाडि वढ्ने रणनीति वनाउदै गोर्खाली सेनाले दक्षिण तर्फ रहेको मकवानपुर माथी आक्रमण गरेर अधीनमा लिए । मकवानपुरलाई आफ्नो वनाईसकेपछि उपत्यकाको पुर्व तर्फ रहेका नाला, सांगा, महादेव पोखरी समेतलाई कव्जामा लिएर काठमाण्डौ उपत्यकालाई चारै तर्फ वाट घेरा दिई नाकावन्दी गरेर लडाई जित्ने योजनामा रहेका गोर्खालीे फौजहरुको रणनीति एकपछि आर्को सफल हुदै गयो । दुई तीन पटकको प्रयासमा किर्तिपुरलाई कव्जामा लिन सफल भएपछि कान्तिपुर, पाटन र भक्तपुरलाई समेत परास्त गर्दे विस्तार भएको गोर्खा राज्यको नाम वदलेर उपत्यकाको प्राचीन नेपाल नाम कायम गरी, गोर्खावाट राजधानी काठमाण्डौ सार्दै देश विस्तारको क्रम अगाडि वढ्रयो ।
काठमान्डौ उपत्यकाको विजय पछि अझ संगठीत र सुद्दृढ हुदै गरेको नेपाली सेनाले पुर्वी क्षेत्र तर्फ लक्षित गर्दै चौदण्डी विजयपुर, माझ किँरात,उपल्लो किराँत हुदै सिक्किमको पश्चिमी भाग र दार्जिलिङ वाट पनि पर तिस्ष्टा नदी सम्मको भुभाग माथी विजय प्राप्त गरी नेपाल अधिराज्यको सीमाना कायम गर्न सफल भए । पुर्वतर्फको सीमाना वढाउँदै जाने क्रममा वि.सं.१८३१ मा ५२ वर्षको उमेरमा राजा पृथ्वी नारायण शाहको मृत्यु भयो र यो घटना पछि एकिकरणको अभियान एकछिन स्थगित हुन गएको थियो । उनको मृत्युपछि “प्रताप सिं शाहकी पत्नी”,रानी राजेन्द्र लक्ष्मीको नायवीमा राज्य सन्चालन भएकोले उनीले पनि एकिकरणको अभियानलाई जारी राखिन् ।
पृथ्वी नारायण शाहाका माहिला छोरा वहादुर शाहले वावुको एकिकरणको अभियानको वाँकी अभिभारा पुरा गर्ने संकल्पको साथमा गोर्खा देखी पश्चिम तर्फका वाइसी चौवीसी समेतका ससाना राज्यहरु गाभ्दै अगाडि वढे । पश्चिम तर्फको वलियो एक पाल्पा राज्यलाई अधीनमा लिने काम वाँकी राखेर नेपाली फौजले हालको भारतको उत्तराखण्ड तथा हिमान्चल राज्यमा पर्ने सतलज नदी पारी रहेको काङ्गडा सम्मको भुभाग माथी विजय हातपार्दै विशाल नेपालको सीमाना कायम गरेका थिए । नेपालको सीमाना तेतीवेला पुर्वमा तिष्टा नदी देखी पश्मिमा काङ्गडा सम्म र दक्षिणमा मगध सम्म कायम भएको थियो, तेही भुभाग सहितको तात्कालिन नेपाललाई ग्रेटर नेपाल भन्ने गरिन्छ ।
वि.सं १८०१ देखी ७२ वर्ष सम्मको लगातारको लडाईवाट नेपालको आर्थिक अवस्था केही कमजोड भैरहेको थियो भने भारतमा इष्ट इन्डियाको सरकारले ससाना राज्यहरुलाइ समेट्दै र आधुनिक हतियार सहित वलियो हुदै गैरहेकोले वि.सं. १८७१ कात्तिक १८ गते कम्पनी सरकारका प्रमुख शासक लर्डहेस्टिङले नेपाल र इष्ट इन्डिया कम्पनीका वीच लडाईको घोषण गर्दै विराटनगर देखी पश्चिम कुमाउ सम्म ५ ठाउँवाट एकै चोटी नेपाल माथी हमला गरे । लडाईमा नेपालवाट जम्मा ११००० जति सेना सामेल थिए भने अङ्रेज तर्फवाट ३४००० सैनिक थिए । यो लडाईमा पुर्वी भागतर्फको धेरै ठाउँमा नेपालले जीतेको पनि थियो ।
भौतिकरुपको लडाइ भन्दा पनि अङ्रेजहरुले रणनीतिक चतुरतावाट यो लडाई जित्न चाहन्थे, किनभने आम्ने साम्नेको लडाईमा नेपालीहरु धेरै कुशल छन् भन्ने कुरा यस अगाडी मकवानपुर गढी र सिन्धुली गढी समेतका लडाईवाट थाहापाएका थिए । लडाईका क्रममा उनीहरुले विभिन्न ठाउँमा नेपालीले हारेको भन्ने प्रचार गर्दै पश्चिम तर्फका नेपालका योद्दाहरुको मनोवल खस्काउने, असन्तुष्ट नेपाली सामन्तरुलाई भडकाउने, एकापसमा लडाउने चतुर कुटनीतिको कारणले गर्दा पश्चिम तर्फको युद्दमा नेपालीहरु असफल भए । जीत हासील गर्न नसके पनि नेपालीहरुले नालापानी र खलंगा समेतको लाडाईमा विरता देखाएका थिए जस्को अङ्ररेजहरुले प्रशंसा पनि गरेका छन् । यो असफलता पछि २ डिसेम्वर १८१५मा दुवै तर्फवाट सुगैलीमा सन्धी गरी यसको पुष्टि ४ मार्च १८१६मा नेपाल सरकार र इष्ट इन्डिया कम्पनी सरकारले गरेका थिए । सो सन्धीमा अङ्रेजका तर्फवाट ले.क. प्यारिस व्रडशा र नेपालका तर्फवाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्यायले हस्ताक्षर गरेका थिए । यही सुगौलीको सन्धिवाट ७२ वर्ष लामो नेपाल एकिकरणको यात्रामा विराम मात्र लागेन जितीसकेको आधा भन्दा वढी भुभाग गुमाउदै पुर्वमा मेची देखी पश्चिममा महाकाली नदी सम्मको सीमानामा नेपाल सीमित हुन पुगेकोे थियो । नेपालले यो सन्धिवाट गुमाएका पुर्वतर्फका केही भुभाग सन १८२२ मा फिर्ता गरे भने सन १८५७ मा इष्टइन्डिया सरकारका विरुद्दको सैनिक विद्रोहमा जंगवहादुर राणाले नेपाली सैनिक पठाएर सहयोग गरेको खुसीमा उनीहरुले नेपाललाई वाँके वर्दिया कैलाली कन्चनपुरको भुभाग फिर्ता गरेको थिए, जसलाई नयाँ मुलुक पनि भनिन्छ । यो लडाईमा नेपालको धेरै जन धनको क्षति हुन गयो । यही सन्धिवाट नेपाली युवाहरुले तात्कालिन वृटिश भारतको सेनामा भर्ति हुने व्यवस्था गरेको थियो । यस युद्दमा नेपालले धेरै कुरा गुमाएको थियो जो अहिले पनि नेपालीहरुका लागि पछुतो वनेको छ ।
केही विश्लेषकहरु भीमसेन थापाले शत्रुपक्षको शक्तिको विष्लेषण नगरेकाे, विपक्षीहरुको हात हतियार आधुनिक भएको , भारदारहरुका वीचमा मतैक्यता कायम गर्न नसकेको, प्रयाप्त आर्थिक र आवश्यक वन्दोवस्तीको व्यवस्था गरी सैनिकहरुको मनोवल दर्हाे राख्न नसेकेको र राज्य भित्रका सामन्तहरुको विश्वास जित्न र समन्वय तर्फ ध्यान नदिएको कारणवाट यो लडाईमा नेपालले जित्न नसकेको हो भन्ने गर्दछन ।
सन्धि गरिएको २०४ वर्ष पछि तेही सुगौलीको सन्धिले कायम गरेको नेपाली सीमानामा रहेको कालापानी क्षेत्रमा अहिले भारतले लिपुलेक हुदै मानसरोवर सम्म पुग्ने सडकको निर्माण गरी उदघाटन गरेको खवरपछि नेपालमा यसको व्यापक विरोध भएको छ । नेपाल सरकारले कालापानी क्षेत्रमा भएका भारतीय सैनिक फिर्ता गर्ने माग गर्दै लिपुलेक लिम्पियाधुरा समेटिएको नक्सा स्वीकृत गरी प्रकाशनमा आएपछि भारतले यसलाई अस्वीकार गरेकोले एकापसमा आरोप प्रत्यारोप गर्ने कार्य भैरहेको छ । नेपाल संग भएका सवुत प्रमाणहरुका आधारमा हाल सार्वजनिक गरेको नक्सा ठीक हो भन्ने देखिएको छ र केही भारतीय विद्यानहरुले पनि यस कुरालाई स्वीकार गरेका छन् । नयाँ नक्सा अनुसारको कालापानी लिम्पियाधुराको जमिन फिर्तागर्ने मागमा सारा नेपाली एकै ठाउँमा छन् । यस घटनापछि दुवै देशका आम जनाताहरुले आआफना तर्फवाट प्रतिकृया व्यक्त गरेका छन्, स्वाभाविकै हो सवै नागरिकलाई आफ्रनो मात्रृभुमि प्यारो लाग्द छ । तर जिम्मेवार व्यक्तिले पनि यस विषयमा सवाल जवाफ गर्दा अप्राशंगिक कुराजोडेर थप चिढ्याउने गरी दुवै तर्फवाट उक्साउने कार्य निन्दनीय छ र यो वन्द गरिनु पर्दछ ।
रिङ्दै घुम्दै रुम्जाटार भने जस्तै हामी अहिले तेही सन्धीले कायम गरेको तेही विन्दुमा आइपुगेका छौं, कसैले त यसलाई तेस्तै युद्द गर्नको लागि प्रेरित गर्ने अभिव्यक्ति दिने गरेको पनि सुनिन्छ । यो सन्धि र नेपाल अङ्ररेज युद्द इतिहासले हामीलाई सीमानाको सम्झना मात्र गराएको छैन युद्द परिस्थितिको स्मरण पनि गराएको छ । एकले आर्कोलाई उत्तेजित गर्नेे भाषा तथा भाव प्रकट गर्दा एकछिन सुन्न कर्णपृय लाग्ला तर तेसको प्रतिकृयावाट आम मानिसको जीवनमा आइपर्न सक्ने विषम अवस्थाका वारे जिम्मेवार व्यक्ति सतर्क रहनुपर्ने हुन्छ । भावनामा वगेर भन्दा पनि निरन्तरको कुटनितिक परिपक्वता र प्रशस्त प्रमाणहरु सहित सान्तिपुर्ण ढंगले नेपालको नक्सा वमोजिमको भुभागमा हाम्रो हकभोग कायम गर्नको लागि द्वीपक्षीय वार्ताको वातावरण वनाई यसको स्थायी समाधान खोजिनु नै मुख्य विकल्प हाे ।
साथसाथै भर्खरै चीनिया सरकारी पत्रिका सिजिटिएनले सगरमाथाको फोटो आफ्नो तिव्वती क्षेत्रमा राखेर देखाउने, नेपाललाइ सुचना नदिई उनीहरुको तर्फवाट सगरमाथाको चुचुरो नाप्ने कार्य गरिनु र सीमानाको नजिकै फाइवजि नेटवर्क विच्क्ष्याउने कार्य गरिरहेको विषयमा पनि सरकार केही त वोल्नै पर्ने हो की ? यो विषय पनि सुगौलीको सन्धिले कायम गरेको सीमाना रक्षाको विषय भित्रै पर्ने कुरालाइ पनि अाँखा िचम्लन िमल्दैन । एकै समयमा भएका यी घटना संयाेग हाे वा पुर्व लक्षित िवचरणीय छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …