गोत्र के हो र महत्व
सनातन धर्ममा गोत्रको ठूलो महत्व छ । गोत्रको शाब्दिक अर्थ व्यापक रहेको छ । विद्धानहरुले समय समयमा यसको न्यायोचित व्याख्या गरेका पनि छन् । ‘गो’ अर्थात इन्द्रिय, ‘त्र’ बाट ‘रक्षा गर्ने’ हुन्छ । अत गोत्रका एक अर्थ ‘इन्द्रिय आघात बाट रक्षा गर्न ’ पनि हो । जसको स्पष्ट संकेत ‘ऋषि’ हो ।
गोत्रको परिभाषाः गोत्रको अर्थ वंश हो । हिन्दु धर्ममा गोत्र कुनै समुहको पर्वतक वा प्रमुख व्यक्तिको नामबाट चलिआएको छ । सामान्य रुपमा गोत्रको अर्थ कुल अथवा वंश परम्परा नै हो । एक गोत्रका मानिसहरु आपसमा विवाह गदैनन् । एक जातिका मानिसहरुबीच विवाह हुन सक्दैन ।
गोत्र मातृवंशीय र पितृवंशीय दुवै हुन सक्ने भएपनि आदिपुरुषको नाम बाट चल्दैआएको छ । जनजातीमा विशिष्ट चिन्हबाट नै गोत्र हुने गर्छ । यीनीहरुलृे वनस्पतिदेखि पशु–पक्षीसम्मको नाम तय गरेका हुन्छन् । शेर, मगर, सुर्य , मछली, पिपल, बबुल, आदी नाम राखेका हुन्छन् ।
समामान्यत ‘गोत्र’को ऋषि परम्परा सम्बन्धित मानिएको छ । ब्राह्मणको लागी ‘गोत्र’ विशेष रुपमा महत्वपुर्ण रुहेको छ । किनभने ब्राह्मणलाई ऋषिको सन्तान मानेका छन् । अतः प्रत्येक ब्राह्श््मण्मका सम्बन्ध एक ऋषिकुल बाट हुने गर्छ । प्राचीनकालमा चार ऋषिका नामबाट गोत्र परम्परामा प्रारम्भ भएको थियो । यसमा –अंगिरा, कश्यप, वशिष्ठ र भगु हुन् । कुनै समय उपरान्त जादग्नि, अत्रि, विश्वामित्र र अगस्त्य पनि जोडीएका थिए । व्यवहारीक रुपमा ‘गोत्र’बाट आशयको पहिचान हुने भनिएको छ । जुन ब्राह्मणको लागी ऋषिकुलबाट हुने गर्छ ।
कश्यप गोत्रको सबै सदस्य एक ब्राह्मण वंशका कश्यप थिए । यस गोत्रमा मासु कसैले पनि खान पाउने थिएनन् भने कश्यपमा नै विवाह पनि गर्न रोक लगाइर्एकोे थियो । आजभोली समाजमा विवाहको बारेमा अनेक टिका टिप्पणी भइरहेका छन् ।
मानव जीवनमा जाति जस्तै गोत्रको निकै महत्व रहेको छ । हाम्रो संस्कार तथा कर्तव्यको याद दिलाउने काम यसले गर्छ । यसले व्यक्तिको वैशावलीको पहिचान गराई हरेक व्यक्तिलाई गौरवान्वित गराउने गर्छ । हिन्दु धर्ममा सबै जातीले गोत्र पाइसकेका छन् ।
एक क्षेत्रीय वा वैश्यकोृ यज्ञको समयमा पुरोहितले गोत्रको नाम उच्चारण गरेका थिए । अतः सबै स्वर्ण जातीहरुको गोत्रको नाम पुरोहित तथा ब्राह्मणको नामबाट प्रचलित भएको हो ।
शुद्रलाई छाडेर अन्य सबै जातीहरु जो यज्ञमा भागलिने अधिकार थियो उनीहरुको गोत्र ब्राह्रमणको नै थियो । गोत्रमा समानता हुनुको मुख्य कारण यहि थियो । शुद्र ब्राह्मण र क्षत्रीय परिवारका परम्पगत अनन्त कालसम्म सेवा गरे उनै ब्राह्रमणले क्षेत्री र ब्राम्ह्णको गोत्रलाई आफ्नो बनाए । यसैकारण विभिन्न आर्य र अन्य जाती तथा वर्णमा गोत्रको समानता पाइन्छ ।
कालान्तरमा जब वर्ण व्यवस्था जाती व्यवस्थाको स्प लियो तब पहिचान स्थानक साथमा कर्मको साथमा सम्बीन्धत हुन गयो । यहि कारण ब्राह्मणको अतिरिक्त अन्य गोत्रको अधिकांश उनको नै उद्गम स्थान वा कर्म क्षेत्र संग सम्बन्धित रहेको हुन्छ ‘गोत्र’ को पछाडीको मुख्य भाव एकत्रीकरण भईै वर्तमान समयमा आपसी प्रेम सद्भाव वा सौन्दर्यको कमी आएका कारण गोत्रको महत्वमा पनि विस्तारै विस्तारै कम हुदै गएको छ । यसरस् गरेको कर्मकान्डी औपचारीकतामा मात्र सिमित भएको छ ।
ब्राह्मणमा पनि कसैलाई आफ्नो गोत्रको ज्ञान नभएकाले सबैले ‘कश्यप’ गोत्रको उच्चारण गरेका हुन्थे । कश्यप ऋषिले एक भन्दा बढि विवाह गरेका कारण उनका धेरै पुत्र थिए । उनका अनेक पुत्र हुनेका कारण यहि ब्राह्मणले आफ्नो ‘गोत्र’ थाहा नभएका कारण ‘कश्यप’लाई नै ऋषिकुलबाट मानिएकोे थियो ।
पुरोहित तथा क्षत्रिय परिवारमा सेवा गर्ने अन्य जातकिो गोत्र पनि उनीहरुको समान नै भएको पाइन्छ । राजघरानामा रसोइमा काम गर्ने सुद तथा कपडा धुनेलाई धोबि यसैकारण राजपुतलाइए मिलेको बताइन्छ । त्यसैगरि लामो समय एकै ठाउँमा बस्ने जातीको पनि गोत्र एउटै भएको पाइन्छ । रिपोटर्सनेपाल डटकमबाट
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…