सिमानाले गुमाएको राष्ट्रप्रेम

दिनेश अर्याल : विश्वका कुनै पनि देशहरुबिच  सिमा विवादका विषय उत्पन्न एक जटिल समस्या हो।सिमा विवादले अन्य थुप्रै समस्याहरु सिर्जना गर्न सक्छ्। । उनीहरुविच  कहिलेकाँही क्षेत्रीय सतावटको बारेमा विवादको कुरा सिर्जना हुन सक्छ। तिनीहरू क्षेत्रीय समुद्र, महाद्वीपीय शेल्फ र अनन्य आर्थिक क्षेत्रसङ्ग पनि सम्बन्धित हुन सक्छन्। सीमा क्षेत्रहरू प्रायः तिनीहरूको राजधानीबाट टाढाको दुर्गम क्षेत्रहरूमा अवस्थित हुन्छन्।

नेपाल- भारत बिचको सिमा विवादको समस्या पहिल्यैदेखी सिर्जित भएको विषय हो। यद्दापी हालसम्म सिमा विवादको स्थायी समाधान हुन सकिरहेको छैन। अहिलेसम्मको बिषयवस्तुले यो देखाउछ कि भारतको प्रशासनिक संयन्त्र सशक्त र दिगो भएको र  नेपालको कमजोर र फितलो भएको हुनाले यो समस्या बल्झिरहेको छ। 

लिपुलेक

समुद्र सतहदेखी करिब ५२०० मि. उचाईमा रहेको लिपुलेक भञ्ज्याङ् नेपाल र चिनको सिमानामा पर्दछ। यो नेपालको भएतापनी यसलाई भारतले आफ्नो नियन्त्रणमा राखेको छ। नेपालको सहमतिबिना नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले सन् २०१५ मा चिन भ्रमणका  बेला यस भञ्ज्याङ्लाई प्रयोग गर्ने विवादास्पद समझदारी भयो ।

कालापानी

सुदुरपस्चिम प्रदेशको दार्चुला जिल्लाको व्यास गाउपालिकाअन्तर्गत ३५ कि.मि को एउटा भौगोलिक क्षेत्र लिपुलेक भञ्ज्याङ् र यस भञ्ज्याङ्बाट पुर्वमा रहेको  टिंकर भञ्ज्याङ् बिचको यस भुमी ईशापुर्व° १९६२ मा भारतको ” इन्डो टेबिटन बोर्डर पुलिस” द्धारा अतिक्रमित भएको थियो। यो क्षेत्रलाई भारतले आफ्नो भनेर दाबी गरेको थियो। भारतका अनुसार यो क्षेत्र उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा पर्दछ। 

विवाद कहाँबाट सुरु भयो ?

कृतिनिधि बिष्ट नेपालको प्रधानमन्त्री छंदा उत्तरी सिमाहरुमा रहेका भारतिय फौजका पोस्टहरु हटाईदिएका थिए। त्यहिमध्यको सानो भुभागलाई भारतले करिब ९ किलोमीटर दक्षिणमा रहेको तिल्सी भन्ने उपत्यकामा राख्थ्यो। कालिनदिको नाम दिएर भारतिय पक्षले आफ्नो सिमा त्यहासम्म भएको दावी गर्यो। यसलाई नेपाली पक्षले आफ्नो भुमी अतिक्रमित भएको दावी गर्यो। 

सन् १९५४ मा नै सम्पन्न तिब्बतसम्बन्धी भारत-चिन सम्झौतामा लिपुलेक भञ्ज्याङ्बाट भारत र तिब्बतबिच व्यापार र कैलाश तिर्थाटनको बाटो खोल्ने भनिएको बताईएको छ। भारतसङ्ग नेपालको भुमी लुट्ने बृहत योजनामा सक्रीय भएर लागेका छन भने हामी हाम्रो भुमी जोगाउन निष्क्रिय छौँ। 

समस्या यथावत

भारतसङ्गको सिमा समस्या अहिलेमात्रै आएको नयाँ समस्या भने होईन।नेपाल अहिलेसम्म सिमा समस्याको स्थायी समाधान गर्न असमर्थ भईराखेको हुनाले यस्ता सिमासम्बन्धी विवादास्पद कुराहरु सिर्जना भईराख्नु नौलो कुरा पनि रहेन। भारतले सार्वजनिक गरेको पछिल्लो राजनितिक नक्साले यो बताउछ कि भारतले नियतवंश नै यो काम गरिरहेको छ। 

सिमाना स्वरुप 

अन्तर्राष्ट्रिय सीमाहरू अन्तर्राष्ट्रिय किनाराहरू जस्तै छैनन्। राज्यको कानुनी सिमालाई मार्क गर्दै सीमाहरू अदृश्य ठाडो झुकावमा देखिएका हुन्छन्ज माथि देखि एयरस्पेससम्म र तलतिर सबसोइलमा विस्तार हुन्छ।अर्कोतर्फ, सीमाहरू सीमा शुल्कमा आन्दोलन प्रबन्धनसँग सम्बन्धित अभ्यासहरू हुन्, जस्तै भन्सार चौकिहरू, पासपोर्ट नियन्त्रणहरू, र फेंसहरू। यद्यपि शाब्दिक राज्यहरूको किनारमा, तिनीहरू प्रतीकात्मक रूपमा राष्ट्रको राजनीतिको मुटुमा चित्त बुझाउन सक्दछन्।

सरकार अन्धो भएकै हो? 

गत शुक्रवार भारतले लिपुलेक हुदै तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडकको उद्घाटन गर्यो । यो सडक खनेर उद्धाटन हुने वेलासम्म पनि नेपालका राजनितीज्ञहरु तथा स्थानिय जनप्रतिनिधिहरुले आफुलाई त्यस बारेमा थाहासम्म नदिएको बोक्रे तर्क पेश गरेका थिए, जसले सरकार अन्धो भएको पुष्टी गर्दछ। 

 भारतले नियतवंश नै नेपालको भुभागहरु मिचेर आफ्नो भुभागमा गाभ्ने प्रयास बर्षौदेखिको हो। सिमा विवादहरुलाई स्थायी रुपमा हल गर्नको लागी पहिलाको सरकारहरु पनि असफल रहेका थिए भने अहिलेको सरकारले पनि केहि गर्न सकिरहेको छैन। 

पुर्वमा पनि भुमी मिचियो

पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको छ।

बिद्दार्थी संगठनको काम प्रदर्शन गर्ने मात्रै 

नेपाली काङ्ग्रेसनिकट नेविसंघ र नेकपा निकट केहि बिद्दार्थिसंगठनका ठेलिहरुलाई पनि मुख्य समस्या कसरी समाधान हुन्छ भन्ने कुराको भरपुर ज्ञान रत्तिभरी पनि भएको देखिदैन। प्रदर्शन गरेर भन्दा पनि सरकारलाई आवश्यक कुटनितिक संवाद गर्न लगाउनुपर्छ भन्ने बिषयमा उनिहरु अनबिज्ञ रहेका छन। बिद्दार्थी संगठनको बिभिन्न चुनावमा जितेर अविरसहित पुरस्कृत हुने कुराहरुमा उनिहरु अगाडी छन। 

अवको आवश्यकता के हो ??

भारतले आफ्नो नक्सामा के राख्यो भनेर सोच्नुभन्दा पहिले नेपाल र भारत सिमा कहाँबाट सुरु हुन्छ भनेर खोज्नु अहिलेको आवश्यकता हो। 

राजनितीज्ञहरुले अब दलिय स्वार्थमा नफसिकन अब सिमा विवादको समस्यालाई कसरी स्थायी रुपमा समाधान गर्ने भन्ने कुरा सोच्न नितान्त आवश्यक छ। 

अन्तरास्ट्रिय कानुनको बिषयलाई लिएर भारतसङ्ग कुटनितिक संवाद गरेको भए अहिलेसम्म नेपाल- भारत सिमा विवादको समस्यालाई स्थायी रुपमा समाधान हुन सक्थ्यो कि भन्ने कुरा बिज्ञहरु बताउछन। 

कुटनितिक संवाद

नेपालको सिमा अतिक्रमणको विषय पुनः एकपटक सतहमा आएको छ । सिमा विवादले लामो समय देखी नेपाल भारत बिचको सम्बन्धमा चिसोपना ल्याईरहेको छ। नेपाल भारतबिचको यो समस्या स्थायी रुपमा हल गर्नको लागी कुटनितिक संवाद आवश्यक छ जुन पर्याप्तरुपमा हुन सकिरहेको छैन। सिमानाको विषयमा कहिलेकाही कुरा उठ्दा नेपालले भारतलाई कुटनितिक पत्र भने पठाउछ, तर कार्यान्वयन हुदैन।  

पाउला त सिमानाले राष्ट्रप्रेम

शुक्रवार भारतिय रक्षामन्त्रीले लिपुलेक- मानसरोवर सडक उद्धाटन गरेपछी नेपालले यस बिषयमा थप चासो देखाएजस्तो देखिन्छ। 

 बुधबार दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा बोर्डर आउट पोस्ट (बिओपी) स्रथापना गरेकाे सेनाले सिमानामा गस्ती सुरू गरेकाे छ । सिमा सुरक्षामा अलिकती सतर्कता अपनाउन थालिएको छ। 

त्यसो त सिमानामा सुरक्षाकर्मिहरु यो भन्दा पहिला नखटाईएको भन्ने चाही होईन। सिमानाभन्दा केहि किलोमिटर टाढा सुरक्षाकर्मिको पोस्ट रहेकोले सिमा अतिक्रमणलाई जोगाउन नसकिएको भन्ने हो। 

नेपाल सरकारले अहिले चाल्न लागेका कदमहरु राम्रै छन। यि कदमहरुलाई उपयुक्त रुपमा अझै अगाडी बढाए पक्कै पनि सिमानाले न्याय पाउन सक्छ। बिदेशी ईशारामा चल्न छोडेर र ब्यक्तिगत स्वार्थलाई ध्यान नदिईकन सिमा सुरक्षासम्बन्धी निति नियमहरु तर्जुमा राखेर अगाढी बढे भने पक्कै पनि नेपालको भुभागहरु भबिष्यमा मिचिने छैन। 

सिमा विवादको समस्या अब स्थायी रुपमा समाधान भएन भने नेपाल भारतको उपनिवेष नबन्ला भन्न पनि सकिन्न। 

Facebook Comments Box
TOP