मृत्यु भएको आठ दिन पछि कोरोना संक्रमण पुष्टी,नेपालमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो ।
काठमाडौं : वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएको ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।
मृतक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ । उनको अन्त्यस्टि समेत गरिएको छ ।
कोरोनाको रिपोर्ट आउन किन ८ दिन लागेकाे हाे ।
यससँगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ४ पुगेको छ । यसअघि कोरोनाको कारण सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ३ जनाको मृत्यु भइसकेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


