मृत्यु भएको आठ दिन पछि कोरोना संक्रमण पुष्टी,नेपालमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो ।

काठमाडौं : वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएको ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।

मृतक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ । उनको अन्त्यस्टि समेत गरिएको छ ।

कोरोनाको रिपोर्ट आउन किन ८ दिन लागेकाे हाे ।

यससँगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ४ पुगेको छ । यसअघि कोरोनाको कारण सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ३ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments Box
TOP