अकल्पनीय अवसान नायककाे

शम्भु अर्याल : साउनकाे उखर्माउलाे गर्मी । बिहानै अपप्रयासित र अकल्पनीय खबर फेसबुक र फाेनमार्फत सुन्दै सन्न घुमाएर भुईमा पछारिन्छु जस्ताे महशसुस भयाे । कति गर्हाे छ हँ मान्छे हुन ? जन्मिनु र अवासान हुनु अन्तिम सत्य हाे । संसारका अरबाै मानिसकाे भिडमा मान्छेले आफ्नाे अस्तित्व छाेडि जानू कम चानेचुने कुरा हाेइन । कस्लाई हुन्न बाँच्ने रहर ? तपाईं भन्नुहाेला म बाँचिरहेकाे छु । संसरमा अरबाै मन्छे पनि त बाँचेकै छन् । म त्यसलाई बाँच्नु मान्दिन किनकी त्यहाँ मान्छे जन्म्याे मर्याे । यथार्थमा उ जन्मिदै जन्मिएन । 
अस्तित्वकाे नाम लाग्छ कमल पंगेनी । दृष्टि ले नै मान्छेलाई दृष्टिकोण दिन्छ र दृष्टिकोणले नै मान्छेलाई अस्तित्व दिन्छ । हाे कमल पङ्गेनीका रिठ्ठाजस्ता साना दुई थाेप्लाहरूले गगनचुम्बि महल कम र खरका झाेपडपट्टि बढि दख्याे । दिनभर  दिलदिमाखमा रूपियाकाे उपिया भन्दा सेवा, सामाजिक काम र कर्तब्यमा तलिन रहिरह्याे । मान्छेले मान्छेलाई नै च्याप्दै, धक्याउदै, थिच्दै, मिच्दै, कुल्चदै, खुब दाैडिरहेकाे झिलिमिली शहर भन्दा गाउँकाे अधेरीमा उजेलीडाँडाकाे शालिन मित्रवत चालचलन, दया, माया, सद्भाव र हिलाेमा उर्वरता देख्याे । पैसाकाे दम्भमा मान्छे गाउँ र गाउँले परिवेश बाेलिचाली, अख्खा नेपाली पहिचानलाई पाखणड मान्दै शहरिकरणकाे खाेक्राे, रबैया, धुवाँ, धुलाे, ढल र तुच्छ प्रवृत्तिमा  रमाउनुभन्दा माझखर्क, लुबदिखाेला, गाेदिखाेला, माेहनडाँडा र बउरेबजारमै सुन्दर संसार देख्याे । उ आँफुलाई कम र अरूलाई बढि, अाफुलाई सानाे र उरूलाइ ठुलाे देख्याे । आँफु आँफु भन्दा सथिभाई ठुलाे देख्याे त्यसैले त उ परिवारकाे भन्दा बढि समाजकाे सझा बन्याे । 
उसले छायामा छवि देख्याे । खाेल्सा कन्दरामा रवि देख्याे । बिकट भिरमा राजमर्ग देख्याे। थाेत्राे मक्किएकै किन नहाेस त्यसमा  सफाचट देख्याे ।  शहरकाे पिज्जा र मइक्राेनी भन्दा काेदाे फापरमै परिकार देख्याे । पदमा पुगेपछि महङ्गा सवारीमा बत्तिनु पदेन सङ्गत खाेज्नुभन्दा उसले पसिनाकाे सङ्गत खाेज्याे । ठुलाे र सानाेकाे विभाज्य अन्तर खाेज्नु भन्दा उ आफै सानाे बनिदियाे । अफुलाई ठुलाे कहिल्यै सम्झेन । “मुखमा राम राम बगलिमा छुरा ´´ लिएर बिहानभर शङ्ख घण्ट फलाकेर आँफु र आफ्नाे बचाव र निमुखाहरूलाई आँचेट उसले कहिल्यै गरेन । उस्ले कालाेलाई कालै देख्याे, सेताेलाई सेतै देख्याे । साँधलाई साँध देख्याे । जात उस्ले देखेन । भात उस्ले देखेन बरू उसले फलाकिरह्याे स्वतन्त्रता, समानता र भ्रातृत्व । थाेरैमा पनि राेटी, झुप्राे र झुत्राे । बढि भए बेसै भयाे । त्यसेले उस्लाई ठुलाे अरूले बनाईदिए , माला अरूलै नै लगाइदिए , रङ्ग अरूले नै पाेतिदिए । उमेर अल्प रह्याे तर कलजयी रह्याे । दिब्य संसारमा उ एक्लै कुँदीरह्याे । सबयत्रामा हजाराैँ काँधमाथि बल्ल चढयाे हुँदा उ एक्लै राेयाे नहुदा देश राेयाे त! तपाई नै भन्नुहाेस याे मर्नु हाे या बाँच्नु ?
कवि ब्यक्तित्वमा समेत उनकाे गहन दखल उनकै क्रान्तिकारी कविता – नेल्सन मण्डेलालाई चिठी शिर्षककाे कविताका चार हरफ सम्झिरहेकाे छु ।


आज सुर्याेदय 

कालाे महादेशबाट हुँदैछ 

सुनाउने गरेकाे छु कथा

मेरा भाेका नानीहरूलाई


कविता कविता नै बनेकाे छ । उपराेक्त हरफहरूमा कवितामा हुनैपर्ने भाव,कला र विचारले उनकाे कब्यात्मक क्षामताकाे जाेकाेहीले पनि मुल्यांकन  गर्न सकिन्छ ।
ताजै छ स्मृति पटल । मेराे ठुलि आमाकाे घर मझखर्क, ठुलाेबुवा छविलाल खनाल । स्यानीआमाकाे माइत  गाेदिखाेला, छायाराम खनाल बुवा । मेराे बच्पन देखिकाे आउ -जाउ  भैरहने उस समय पैदल हिँड्दैे गर्दा याे माटाे, वरिपरिका चाैतारी र भञ्ज्याङ  जहाँ स्कुल छुट्टी हुनेबित्तिकै कुँदीहाल्थें यिनै चाैर र पखेरूहरूमा लडिबुडि खेल्न । पारी रिपकाे बनका कटुसहरू, बनबनै चरीजस्तै स्वतन्त्र उडान भर्न उससमय आफ्नाे ठाउँभन्दा यिनै डाँडापाखामा बढि लहडिन्थें ।


जुनठाउँमा म खुशि खाेज्न आउथें । बढि भन्दा बढि प्रतिभावान उस समयमा पनि बढि चेतनशिल र बाैद्धिक समाजमा गनिने ठाउँ र उसै समयदेखि निकै चर्चित सामाजिक रूपान्तरणका नायक सामाजिक , राजनैतिक र कवि ब्यक्तित्व समेत आदरणीय अभिवावककाे ५७ वर्षकाे अल्पायुकाे इहलिला समाप्ति , घाटसम्मकाे शबयात्रा सम्झन्छु, अन्तिम अस्ति सम्झन्छु । निवासमा शाेक पुस्तिकामा “हार्दिक श्रध्दान्जली´´ लेख्दैगर्दा काँपिरहेका यी हातहरू सम्झन्छु । अन्तर्मनका काेप्चेराहरूमा हुँकार छुट्याे, मस्तिष्क  क्षतबिक्षत बन्याे । स्तब्ध र तालजस्तै माैन बनें।  जस्तै जतिसुकै आलाेक र विनय पनि निर्थक थियाे । कला विचार, कवित्व समेत पराजित भएपछि कस्काे के लाग्छ कालसँग ?
तिमी अनन्तसम्म जीवत रहिरहनेछाै।  भाैतिक शरीर तिम्राे शुभेच्छु,शुभचिन्तक र समाजमा नरहेपनि तिम्राे मार्गदर्शन  पच्छ्याई रहनेछ दुनियाले । यिनै हरफहरूमा तिमी रहिरहनेछाै। तिमी बाँच्याै थाेरै, तर समाज र राष्ट्रका खातिर रहिरहनेछाै । अलबिदा कमल पङ्गेनी !  –वालिङ- ६, मिर्दि 

Facebook Comments Box
TOP