स्याङ्जामा प्याराग्लाईडिङ दुर्घटना : गम्भिर घाईते फ्रान्सेली नागरिकलाई उपचारका लागि काठमाण्डौं लगियो ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा प्याराग्लाईडिङ दुर्घटनाहुँदा गम्भिर घाईते भएका फ्रान्सेली नागरिकलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । फ्रान्सेली नागरिक ३५ बर्षीय सिमोन हेनरी बोरेईली (SIMON HENRI BOREILLE) प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेका वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो ।
भीरकोट नगरपालिका वडा नम्वर ५ स्वरेक मैदानबाट आफै प्यारासुट उडाएका सिमोन भीरकोट नगरपालिका वडा नम्वर ६ बयरघारीको बगरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
घाईते सिमोनलाई फिस्टेल एयरको हेलिकप्टरद्धारा उपचारका लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ । माथिबाट बजारिएको कारण उनलाई भित्री चोट लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।

समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
६ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


