नेपोले स्याङ्जा जिल्ला कारागारमा ४ सय ६५ वटा पुस्तक प्रदान
भवानी अधिकारी/स्याङ्जा :
टीम नेपोले कारागारका बन्दीहरुलाई लक्षित गर्दै केही पुस्तकहरु हस्तान्तरण गरेको छ । पुतलीबजार नगरपालिका र लायन्स क्लव अफ स्याङजाको सहयोगमा पुस्तक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै संघीय सांंसद नारायणप्रसाद मरासीनीले बन्दीगृह भनेको सुधार गृहको रुपमा रहेको बताउदै यहाँ बस्न बाध्य जो कोही नागरिकका लागि पुस्तक बहुउपयोगी हुने बताउनुभयो । बन्दीहरुले यस जीवनबाट धेरै ज्ञान लिन सक्ने बताउदै उहाले पुस्तकालय संचालनका लागि आफुले पनि केही पुस्तकहरु उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षत्री, उपप्रमुख महेश पुरी, जेलर एवं कारागार प्रमुख चुडामणी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, प्रहरी उपरीक्षक राजकुमार लम्साल, लायन्स क्लव अफ स्याङजाका कार्यवाहक अध्यक्ष धु्रवबन्धु पौडेल, वडा अध्यक्ष निर्मल शेरचन लगायतले कारागार भित्रका समस्या समाधानका लागि सबैले सहयोग गरी बन्दीहरुको जीवनीमा सहजता बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
नेपोका अध्यक्ष निगम पौडेलले कारागार प्रमुख चुडामणी शर्मालाई कार्यक्रमका बीच ४ सय ६५ वटा बिभिन्न किसिमका पुस्तकहरु हस्तान्तरण गर्नुभएको थियो । नेपोको अध्यक्ष निगम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश नं ३ का संयोजक नारायण खनालले गर्नुभएको थियो ।
कारागारमा पुस्तकालय स्थापना गर्ने उदेश्य सहित अघि बढेको टीम नेपोको २१ जिल्ला शाखा बिस्तार गरेको जनाइएको छ । यसअघि प्रदेश ५ को अर्घाखाँची कारागारमा ४ सय ६५ वटा पुस्तका उपलब्ध गराएको थियो भने अहिले गण्डकी प्रदेशको स्याङजा दोश्रो जिल्ला हो । स्थानीय सरकार, संघ, संस्था र ब्यक्तिसंग सहकार्य गर्दे देशभरका ७४ वटा कारागारमा पुगी पुस्तक बितरण गर्ने टिम नेपोको लक्ष्य रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
बुबाको हत्या आफ्नै छोराले गरेको खुलेपछि …
४ दिन अगाडि
स्याङजा : बुवाको हत्यामा आफ्नै साहिंला छोराको संलग्नता देखिएपछि प्रहरीले ३६ बर्षीय तोरण कार्कीलाई कारागार पठाएको छ । ७१ बर्षीय बुवाको…


