काली तिनाउ डाईभर्सन अवधारणामा गण्डकी बेंसीको अग्राधिकार स्थापित हुनुपर्छ ।

विषय प्रवेशः

सरकारले यस वर्षको बजेटमा कालीगण्डकीलाई तिनाउमा मिसाउने डाईभर्सन बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन गर्न बजेटको व्यवस्था गरेको छ। धेरै पहिला देखि चर्चामा रहेको भारत सरकारको नदी संजाल बनाउने महत्वाकाक्षी आयोजनालाई सहयोग हुने गरी उपल्लो तटमा रहेको छिमेकी मुलुकले तल्लोतटको मुलुकको हितमा काम गर्नु अन्तराष्ट्रिय नदी व्यवस्थापनमा अपनाईने प्रचलन नै हो। तर यस प्रकारको साझा सवालमा आयोजना निर्धारण गर्दा कुनै एक पक्षको मोलमोलाई क्षमता कम भयोभने दोश्रो पक्षले अवसरको उपयोग गरेर दीर्घकालीन असर पर्ने घाटाको सम्झौता गराउन प्रयास गर्छ। कालीगण्डकी तिनाउ डाईभर्सन बहुउद्देश्यीय आयोजनामा गण्डकीबेंसीका जनताले यो आयोजना कार्यान्वयन गर्दा हुने लाभहानी निर्क्याैल गर्न सकेनन् भने पछि सच्याउन नमिल्ने गरेर महत्त्वपूर्ण सम्पदालाई गुमाउन पर्ने हुन्छ। यस सम्वन्धमा गण्डकी बेंसीका हरेक जनता जागरुक भएनन् भने जनप्रतिनिधिहरू पनि छिमेकी मुलुकको पक्षमा कृयाशिल हुन सक्ने भएकोले कृष्णागण्डकी क्षेत्र विकास समितिको अध्यक्षको हैसियत ले आफ्नो नीजि अवधारणा व्यक्त गर्न चाहन्छु।

कृष्णागण्डकीको बहुआयामिक महत्त्वका बावजुद नेपाल सरकारले रामदीमा बाँध हालेर सुरु·मार्गबाट तिनाउमा मिसाउने तथा रूपन्देही र कपिलबस्तुका जग्गा सिचाई गर्ने र १०४ मेगावाट विजुली निकाल्ने अवधारणा अगाडी बढाएको छ। अन्तर प्रस्रवण नदी संजाल बनाएर जलस्रोतको अधिकतम उपयोग तथा बाढी नियन्त्रणको नीति अवलम्वन गर्नु सिद्धान्तत नराम्रो होर्इन। यस्तो नीति अवलम्वन गर्दा प्रथम प्रस्रवण क्षेत्रको अग्राधिकारको सम्मान गरेर लाभहानीको पूर्ण लेखाजोखा गरी क्षतिपुर्ती व्यवस्था गरेर मात्र दोश्रो प्रस्रवण क्षेत्रमा बढी भएको पानी लाने गरिन्छ।

यस वर्षमात्र बजेटबाट सार्वजनिक भएको यो आयोजनाको विरोध हुन पोहोर देखि नै सुरु भएको हो। पंक्तिकारले अनुसन्धानको क्रममा प्रस्रवणको स्थलगत भ्रमण गर्दा धेरै जनताको मुखबाट विरोधको संकेत पाएको थियो। एउटा कार्यक्रममा भाषण गर्दा सचिव स्तरको कर्मचारीबाटै जनता जागरुक नभएमा कालीगण्डकीलाई कसैले रोक्न नसक्ने कुरा पनि सुनिएको थियो। स्थानीय जनताको प्रतिनिधि मण्डलले मन्त्रालयमा विरोधपत्र बुझाएको पनि  सुनिएकोछ। दीर्घकालीन असर पर्ने यस्ता आयोजना कार्यान्वयन गर्ने र विरोध गर्ने दुवै पक्षले प्रयाप्त गृहकार्य गरेर एक आपसमा साक्षात्कार गर्न तयार नभएमा आयोजना कार्यान्वयन गर्ने र विरोध गर्ने यो तरिकाले क्षतिपुर्तीको कारक बन्दै दुवै पक्षलाई घाटा हुन्छ। नाफा केवल ठेकेदार र निजसंग गोप्य सम्झौता गर्ने भ्रष्टाचारीलाई मात्र हुन्छ।

वातावरण प्रभाव प्रतिवेदनको संपरीक्षण

कृष्णगण्डकी र्डाईर्भर्सनको प्रभाव विश्लेषण गर्दा नीरजलको आँखाले मात्र पुग्दैन, नत क्षीरजलको आँखा प्रयाप्त हुन्छ। वृन्दाजलको स्रोत कृष्णागण्डकीको र्डाईर्भर्सनले देवघाट तथा तत् पश्चातको तीर्थको महत्त्वमा समेत असर पुग्ने हुदा अन्य नदी जस्तै जलस्रोत विज्ञ तथा वातावरण विज्ञले तयार गरेको फरम्याटमा प्रभाव विश्लेषण गरेर पुग्दैन। काली गण्डकी ए परियोजनामा पनि वातावरण प्रभाव विश्लेषण गरिएको थियो। तर उक्त विश्लेषणमा रिडी, रुद्रवेणी, गोनिष्क्रमण तथा रानीमहलमा पर्ने सामाजिक तथा आध्यात्मिक असरको कुनै लेखाजोखा गरिएन।  काली गण्डकी ए को पानी विद्युत उत्पादन पश्चात पुन गण्डकी मै जान्थ्यो त्यसैले लामो असर पर्दैनथ्यो तर यो र्डाईर्भर्सन आयोजनाले कृष्णा सुकाउँछ, तिनाउमा मिसाउँछ अनि धेरैलाई रुवाउछ, पुस्तापुस्ता सम्म रुवाउछ। त्यसैले यो परियोजनाले निम्न बुँदामा अध्ययन विश्लेषण गरेर गण्डकी बेंसीका जनताको अलावा बेंसी बाहिरका जनतालाई समेत जवाफ दिन सक्नुपर्छ।

. सम्पदाको संरक्षण

भूगर्भ भित्रका चट्टानहरू ठोक्काएर हिमालय पर्वत उचाल्ने वराहनारायणको शक्तिले दक्षिण बाट उत्तर बग्ने हिमालय भन्दा जेठी कृष्णागण्डकीलाई उत्तरबाट दक्षिण वगाउँदा बनेका पुल्हाश्रम तथा रामपुर बेंसीमा थुप्रिन पुगेका शाल्रि्राम तथा भू खण्डहरूलेर्र् इतिहाँसमा भएका तर लेखिन नसकेका आकस्िमक बाढीको सूचना संग्रह गरेर राखेका छन्र्। इतिहाँस पुरुषहरूले पुराणकथाको रूपमा लेखेका त्यस्ता इतिहाँसलाई नया पुस्ताले अनुसन्धान गर्न बाँकी नै छ। सृष्टिको विकासक्रम पत्ता लगाउने बलियो आधार कृष्णागण्डकी प्रस्रवणमा छरिएका भौतिक प्रमाणहरू संरक्षण गर्ने हाम्रो दायित्व हो। त्यसैले कृष्णागण्डकी र्डाईर्भर्सनको निर्णय अन्य सामान्य नदीको र्डाईर्भर्सन जस्तो होर्इन। र्डाईर्भर्सन योजनाकारले कृष्णागण्डकीमा निरन्तर वग्ने वृन्दाजल र शाल्रि्रामको भूमिका विश्लेषण गरेर विश्वका हिन्दुहरूको अलावा भावि पुस्ताका अनुसन्धातालाई विश्वस्त पार्न सक्नुपर्छ।

. भूमिगत जल प्रवाह व्यवस्थापन

नेपालको भूवनौट अनुसार उत्तरबाट दक्षिण वग्ने नदीको जलप्रवाह त्रि्र गतिको हुन्छ भने पूर्व र पश्चिम वग्ने नदीको प्रवाह कम हुन्छ। त्यसै गरेर उत्तरवाहिनी नदीको प्रवाह अत्यन्त मन्द हुन्छ। मन्द गतिको नदीले भूमिगत जल प्रवाह व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिएका हुन्छन्। महाभारत पर्वतको ठिक्क माथि कृष्णागण्डकीको पूर्व तथा उत्तर वाहिनी प्रवाहले गण्डकी बेंसीको जरुवाहरू नियमित गर्न मात्र नभएर भागिरथीग·ाको उत्तर पाटोको सम्पूर्ण जरुवाहरू नियमित गर्न मद्दत पुग्छ। कृष्णागण्डकीमा पानीको मात्रा घटेमा स्थापित भूमिगत जलमार्गमा पानीको अभाव भएर धेरै जरुवाहरू सुक्नेछन्। त्यसैले पूर्व, पश्चिम तथा उत्तर वाहिनी नदीमा प्रस्रवण संजाल बनाउदा घनिभुत विश्लेषणको आवश्यकता पर्छ। रिसि·को अजम्मरी कुवामा शुक्ला र कृष्णाको जल निस्कन्छ र रामघाटमा भिमादको पानी निस्कन्छ भन्ने किम्वदन्ति सुनेको यो समाजले ढोरबाराही तथा छाब्दीवाराहीमा पनि कृष्णा गण्डकीको सम्वन्ध देख्छ।

. गण्डकी बेंसीको पर्यावरण व्यवस्थापन

नदी माथिको कुहिरो गण्डकीबेंसीको पहिचान हो। याहाको जीव तथा बनस्पतिले कुहिरोमा बाच्न सिकेकाछन्। कृष्णागण्डकीमा जलप्रवाह कम भएमा कुहिरो लाग्ने छैन। गण्डकी बेंसीको वायूमण्डलीय आद्रता कायम राख्न र वायूको चाप व्यवस्थापन गर्न गण्डकीमा प्रयाप्त जल हुन नितान्त आवश्यक छ।

.शवदाह गरेपछिको भष्म व्यवस्थापन

जीवन निर्वाहको सहजमार्गको खोजि गर्दै कृष्णागण्डकी बेंसीबाट बसाई सन बाध्य भएपनि जीवनको अन्तिम स्वास लिन र अन्तिम संस्कार पछिको भष्म कृष्णाको जलमा प्रवाहित होस् भन्ने कामना धेरैमा हुन्छ। गण्डकी बेसीका केहि बुढाबुढीले सन्तान लाखा पाखा लागेपनि बुढोघरको पिँडी कुरेर बस्नुको कारण केहीहदमा गण्डकी मोह पनि हो। त्यसैगरी केहिले जहाँ बँसाई सरेको भएपनि अन्तिम संस्कार कृष्णागण्डकी मै गर्न सन्तान संग अनुरोध गरेका हुन्छन्। अरू नदी भन्दा कृष्णाको किनारमा कल्पबासी धेरै हुनुको पछि यहि मान्यताले काम गरेको छ। कृष्णागण्डकीलाई तिनाउमा र्डाईर्भर्सन गर्दैमा लास जलाउने कार्यमा तिनाउले कृष्णागण्डकीको स्थान लिन सक्दैन। र्डाईर्भर्सन पश्चात पनि स्थानमोहको कारण गण्डकीमै दाह संस्कार गरियो भने पानीको कमीको कारणले अन्तिम संस्कार पछिको भष्म र फोहोर व्यवस्थापनमा बाधा आउने छ। वैकल्पिक व्यवस्था नगरीकन कृष्णागण्डकी र्डाईर्भर्सन गरियो भने गण्डकी बेंसीको दुर्गन्ध बढने छ। योजनाकारले शवदाह पश्चातको भष्म व्यवस्थापन जस्तो सामान्य विषयको पनि विश्लेषण गर्न अनिवार्य छ।

. देवघाट तथा तत् पश्चातका तीर्थस्थलको पवित्रता कायम राख्ने दायित्व

कृष्णाभाका हरेक जलकणहरू सजीव छन्। दामोदर कुण्ड देखि सोनपुर पटनासम्मका तीर्थहरूलाई जीवन दिने कृष्णाको जलप्रवाहलाई खण्डित गर्नु आध्यात्मिक महाअपराध हो। देवघाट तथा त्रिवेणीमा कल्पबास गर्ने र चार्डपर्वमा तीर्थ भर्ने धर्मभिरूको आस्थामा खेलबाड गर्नु आध्यात्मिक जगतमा उचित मानिँदैन। सप्तगण्डकी कृष्णा प्रधान भएकीले देवघाट पश्चात नारायणी कहलिएकी हुन्। ती तीर्थहरूको पवित्रता कायम राख्न पनि कृष्णागण्डकी र्डाईर्भर्सन योजनाले ध्यान दिन आवश्यक छ।

. कालीगण्डकी करिडोर मार्गको उत्पादकत्व व्यवस्थापन

सरकारले कृष्णागण्डकी परिक्रमा गर्न मिल्ने गरी यस महानदीको दुवै किनारबाट लोकमार्गको रेखाड्ढन गरेर बाटो खोल्ने काम गरेको छ। राष्ट्रिय गौरवको यो परियोजना पुरा गर्न जनताले तीरेको कर लगानी हुन्छ। यो लोकमार्गको प्रमुख उद्देश्य कृष्णागण्डकीको आध्यात्मिक महत्त्व बढाउनु हो। यो लगानीको उत्पादकत्व बढाउन यस क्षेत्रमा थप तीर्थ गन्तव्य विकास गर्नुपर्नेमा, भएको महत्त्व समेत घटने गरेर विपरित उद्देश्यको परियोजनामा लगानी गर्नु खर्च जोडिनु हो। त्यसैले परिक्रमा मार्गको खर्च उठाउन नपाउँदै अर्को परियोजनामा लगानि गर्नु लाभहानीको दृष्टिले मह·ो सावित हुन्छ। दक्षिणको एक अरव हिन्दु समुदायलाई स्तरीय तीर्थ गन्तव्य दिएर पर्यटकीय लाभ लिनु पर्ने अवस्थामा संभाव्य क्षेत्रको आधार नष्ट गर्न हुँदैन।

गण्डकी बेंसीका जनताको कृष्ण गण्डकी उपरको अग्राधिकार

गण्डकीबेंसीका जनता विकासका बाधक होर्इनन् साधक बन्न चाहन्छन्। कोलकाता तथा पटनाका जनताको हितमा समेत रचनात्मक कार्य होस् भन्ने कामना गर्ने जनताले रूपन्देही तथा कपिलवस्तुका जनताको अहित सोच्न सक्दैनन्। कृष्णगण्डकीलाई तिनाउमा र्डाईर्भर्सन गरेर गरिने सिचाई र उत्पादन हुने बिजुलीको विकल्प तिनाउ, सुरहीखोला र वाडग·ामा पानी संकलन गर्ने जलासय परियोजनाले पनि दिन सक्छ। स्थानीय स्रोतहरूको उपयोग समेत गर्न नसक्ने सरकारले तिनाउमा बाढी चलाउन कृष्णालाई मिसाउन पर्दैन। बाढी नियन्त्रणको निमित्त कृष्णालाई थुन्न खोजिएको हो भने जोखिमको लेखा पनि स्पष्ट हुनुपर्छ। कृष्णागण्डकीको चोखोपानी उपर गण्डकी बेंसीका जनताको अग्राधिकार रहन्छ। उनिहरूको अग्राधिकारलाई कुल्चिदै कहिँ कसैले सम्झौता गर्न सक्दैन। त्यसैले कृष्णागण्डकी सरोकार समिति गठन गरेर दिगो निर्णयमा पुग्न सरकार संग विनम्र अनुरोध छ। कृष्णागण्डकी क्षेत्र विकास समितिले यस महानदीलाई सम्पूर्ण नेपालीको साझा दायित्व बनाउने अभियान सुरु गरिसकेको छ। कृष्णामन्दिर प्रवर्द्धन समिति, मत्स्यनारायण संरक्षण गर्ने उद्देश्यले संगठित यूवा जमात कृष्णागण्डकीको संरक्षणमा समेत जुटिसकेको छ। कृष्णागण्डकीको शाल्रि्राम शिलालाई गिटी बनाएर लिलाम गर्ने प्रस्रवण क्षेत्रका जिविसहरू विरुद्ध अख्तियार दुरूपयोग निवारण आयोगमा विरोध दर्ता गर्ने यूवाजमातको तत्परता कालीगण्डकी र्डाईर्भर्सनको विरुद्ध न्यायालय सम्म जान सक्छ। कृष्णागण्डकीलाई आधार बनाएर अनुसन्धान गरेका अनुसन्धाताहरू प्रतक्ष विरोधमा नआएपनि जनता परिचालन गर्ने सामर्थता राख्छन्।  त्यसैले कृष्णागण्डकी र्डाईर्भर्सनको विषयलाई गाँउ तहमा नै छलफलको निमित्त लैजान सम्वन्धित सवै पक्षसंग अनुरोध छ। छलफल गर्दैमा र्डाईर्भर्सनको कार्य रोकिने होर्इन, सुरक्षित विकल्पको मार्ग पहिचान गर्न पनि गाँउ तहसम्म सघन छलफलको आवश्यक पर्छ। जनताले आफ्नो अग्राधिकार प्रष्ट राख्न तयार रहनुपर्छ।

कृष्ण गण्डकी सरोकार समितिको आवश्यकता

मूर्त तथा अमूर्त कृष्ण गण्डकीको महत्त्व गाँउ तहका यूवापुस्ता सम्म प्रशारण गरेर अधिकतम् उपयोगको यथास्थानमा प्रदर्शन गर्दै अन्तरपुस्ता विचार प्रवाह नगरे सम्म नीति निर्माताले कृष्णा गण्डकीको माया गर्दैनन्। स्थानीय जनताले नै  कृष्णाको सम्मान गर्दैनन् भने वाहृय निकायले मात्र जोड गर्दैमा कृष्णाको महत्त्व स्थापित हुँदैन। त्यसैले प्रस्तावित कृष्णागण्डकी सरोकार समितिको प्रथम लक्ष स्थानीय जनतालाई यो महानदीको सम्मान, सर्म्वर्द्धन र दिगो उपयोगमा केन्द्रित हुनुपर्छ। श्रीकृष्णाद्वैपायन वेदव्यासका अठारै पुराणहरूमा स्थान पाएका शाल्रि्रामको एक मात्र स्रोतनदी विश्वका हिन्दुहरूको आस्थाको महानदी हो। यो महानदीको वहावको दिशा र नदीले निर्माण गरेको प्राकृतिक भूखण्डमा पनि वेदका सन्देशहरू लुकेका हुन्छन्। वेदको रक्षा गर्न सरोकार राख्ने सवै हिन्दुले यो महानदीमा पनि सरोकार राख्नु पर्छ। श्रीमुक्तिक्षेत्रको जल स्थापित तीर्थस्थलहरूमा निर्वाध वग्न पाउनु पर्छ। भारतवर्षको शिरभाग कृष्णागण्डकीलाई विश्व सम्पदासूचि अन्तरगत व्यवस्थापन गर्दा यस क्षेत्रको पर्यटकीय भविष्य उज्ज्वल हुन्छ। त्यसैले स्थानीय जनता, स्थानीय तथा केन्द्र सरकार र छिमेकी मुलुक सवैको ध्यान आकृष्ट गरेर कृष्णाको संरक्षण, सर्म्वर्धन र दिगो उपयोगको निमित्त विभिन्न उद्देश्यका स्थानीय संघ संस्थाहरूको संस्थागत प्रतिनिधित्व हुने गरेर कृष्णागण्डकी सरोकार समितिको गठन गर्न आवश्यक ठानिएको छ। आदर्शसमाज दैनिकबाट

Facebook Comments Box
TOP