नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानैपर्छ- मन्त्री अर्याल ।
आँधीखोला खवर/काठमाण्डौं :
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले काम नगर्ने नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने बताउनु भएको छ ।

सहकारी विभागले बिहीबार सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा गरेको सहकारीमा एकीकरण विषयक छलफललाई सम्बोधन गर्दै मन्त्री अर्यालले नाममात्रका सहकारी मर्जरमा जानुको विकल्प नरहेको बताउनु भएको हो ।
संस्था धेरै दर्ता हुदैमा संस्थाको औचित्य पुष्टि नहुने भन्दै उहाँले दर्ता गरेर छोडिदिने र वर्षमा एकपटक साधारणसभा गर्ने सहकारीलाई मर्जरमा जान निर्देशन गरिने बताउनु भयो । सहकारीलाई उत्पादनमा जोडि बजारीकरणको व्यवस्था गरिनुपर्ने उल्लेख गर्दे उहाँले हैसियत नभएका सहकारी संस्थाहरु क्षमतावान र हैसियत भएकासँग मर्जरमा जानुपर्ने स्पष्ट पार्नु भयो । संख्या गनेर र औँला भाँचेर मात्रै सहकारीको विकास र प्रवद्र्धन हुन नसक्ने भएकाले उत्पादनमुखी बनाउनका लागि मर्जर अत्यावश्यक रहेको मन्त्री अर्यालको भनाई छ ।
सरकारले यसअघि स्वायत्त रहेका सहकारी संस्थाहरुलाई विभिन्न ऐन मार्फत राष्ट्र बैंकको अनुगमनको दायराभित्र ल्याउने प्रयास गरिरहेको छ । यसले सहकारीमा मौलाउँदै गएको वेथिति अन्त्य हुने विश्वास गरिएको छ ।
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


