गुल्मीको सत्यवतीमा बाढी र पहिरो : ८ जनाको मृत्यु, २ जना बेपत्ता (अपडेट)

गुल्मी – गुल्मीको सत्यवतीमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
अविरल वर्षाका कारण सोमबार राति सत्यवती गाउँपालिका– ३ लोलुम्पेकको कसिनथला र वडा नम्बर ४ लिम्घाको भिरकुनामा पहिरो जाँदा ८ जनाको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन् । पहिरोमा ज्यान गुमाउनेमा सत्यवती गाउँपालिका–३ कसिनथला निवासी ३१ वर्षीय तिलकुमारी तरामु र उनका ७ वर्षका छोरा दर्शन तरामु रहेका छन् । यस्तै, लिम्घा भिरखानीकी वर्ष १२ की अञ्जली विक, वर्ष ९ का हेमान्सु विक, वर्ष २९ पम्फा विक, वर्ष ६० की छली विक, वर्ष १० की सिमानी विक र निर्मली विक रहेका छन् ।
पहिरोमा पुरिएर तारा विक र सुमन विक हराइरहेको स्थानीयले जानकारी दिएका छन् । उनीहरुको खोजी भैरहेको छ । पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका २ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


