उदासिनता (Depression) : लक्षण,व्यवस्थापन र जटिलता ।


कमल पाण्डे :
दिग्दारीपना उदासिनता एक प्रकारको मनको रोग हो । कुनै पनि ब्यक्तिको मन (Mood) सधै एकनासको हुदैन ।कहिले खुसि हुने कहिले दिक्क लाग्ने र कहिले निरासा हुने कुरा सामान्य नै हुन । बेला मौकामा दिक्क जसलाइ पनि लाग्छ । उदास पार्ने घट्ना जसको जिन्दगीमा पनि घट्न सक्दछन । भनिन्छ चिन्ता नहुने त मान्छे नै हुदैन तर जे कुराको पनि सिमा हुन्छ । परिक्षामा असफल हुदा आर्थीक हानि नोक्सानि हुदा पारिवारीक सम्बन्ध विग्रदा तथा परिवारका सदस्यको मृत्यु हुदा मन ज्यादै दुखि हुनु स्वभाविक हो । तर निश्चित सिमा (समय अबधी ) नाघेपछि यस्तो समस्या रहि रह्यो भने त्यसलाइ सामान्य मान्न सकिदैन । जब जिग्दारीपना या उदासिनता लगातार केहि हप्ता सम्म रहिरहन्छ अनि ब्यक्तिमा जागर नहुने अल्छी लागीरहने नकारात्मक सोचाइ मात्र दिमाग मा आइरहने जिउ भारी भइरहने निन्द्रा खराव हुने खाना अरुची हुने जस्ता लक्ष्णहरु देखिन लाग्दछन भने यो चाही समस्या हुन सक्छ ।खास गरी यस्ता खालका विरामीहरु स्वास्थ्य संस्थामा उपचारको लागी आउदा शारीरीक लक्षणहरु लिएर आएका हुन्छन। डिप्रेसन मनको रोग हो ।चिन्ता लिएर डिप्रेसन हुने होइन , रोग भएकाले चिन्ता लिन्न भन्दा भन्दै पनि मन उदास हुन्छ र म खुसी हुन्छु हाँस्छु रमाउछु काम गर्छु आदी जस्ता राम्रा विचारहरु नै आउदैनन । यो रोग मनको रोग मध्ये सवै भन्दा बढी हुने रोग हो । डिप्रेसन लाइ चिन्न त्यती कठिन छैन ।आफ्नो परिवारको प्रिय सदस्यको मृत्यु हुदा जस्तो हाम्रो मनमा दुख पिडा हुन्छ त्यतै दुख पिडा विना कारण या कुनै कारणले वा ज्यादै सामान्य कारण ले यदि सुरु हुन्छ र दुइ हप्ता सम्म पनि हराउदैन भनि यो डिप्रेसन हुन सक्दछ ।यो रोग एले प्रमुख जनस्वास्थ्य समस्या रुपमा रहेको छ । यो रोग बाट समुदायमा धेरै जना ब्यक्तिहरु पिडीत भएका हुन्छन । रोगका कारण आफुले निभाउनु पर्ने भूमिका जिम्मेवारी निभाउन सकिरहेका हुदैनन । डिप्रेसनका कारण ब्यक्ति समाज परिवार र आफ्नो पेशागत कार्यमा पनि नराम्रो असर परिरहेको हुन्छ ।

डिप्रेसन के कारण हुन्छ ?
- बंसाणुगत कारण – आमा बाबु मध्य एक जनालाइ या दुवै जनालाइ यो रोग छ भने उनका छोरा छोरीहरुलाइ डिप्रेसन रोग लाग्ने सम्भावना छ ।
- लगातारको मानसिक तनाव,
- सम्वन्ध विच्छेद वा मेलमिलाप मा कमि ।
- पारीवारीक कलह ।
- कुनै प्रकारको दिर्घ रोग (मधुमेह मुटुरोग एच आइ भि एड्स) ।
- दुर्घटनाका कारण लागेको ठुलो चोट ।
- कमजोर आर्थीक अवस्था ।
- मध्यपान तथा लागु पदार्थको प्रयोग ।
- गरिवि र वरोजगारीको समस्या ।
- विभेद द्वन्द र दैवि विपत्ति ।
- कुनै प्रकारको आघात जन्य घटना आदी ।
डिप्रेसनद्वारा पिडित मध्ये १५-२० % मृत्यु आत्महत्याले हुने गरेको पाइन्छ । उपचारले डिप्रेसनमा हुने आत्महत्याको सम्भावनालाइ न्यून गर्न सकिन्छ ।
डिप्रसनका लक्षणहरु :
- शिथिल वा कमजोर हुनु ।
- निन्द्रा नपर्ने । खान मन नलाग्ने ।
- रिंगाटा लाग्ने ।
- थकाइ महशुस हुने,
- मन नरमाइलो हुने वा उदास हुने ।
- कुनै पनि कुरामा खुसि हुन या रमाउन नसक्ने ।
- आत्मवल कमीको महशुस हुने ।
- आत्म सम्मानको कमि को महशुस हुने ।
- आत्मग्लानी हुने ।
- झिझो लागीरहने
- निरासापन हुने
- मुल्यहिनता हुने ।
- बेसाहारा भएको अनुभुति गर्ने ।
- ध्यान केन्द्रीत गर्न नसक्ने ।
- निर्णय लिन नसक्ने ।
- भविश्य प्रतिको नकारात्मक दृष्टिकोण ।
- आत्महत्याको विचार मनमा आइरहने ।
- आत्महत्या गर्ने प्रयास गर्ने ।
- सामाजिक कृयाकलाप बाट टाढा रहने ।
- मनोरञ्जनमा मन नलाग्ने ।
- बोलीचालिमा कमी आउने ।
- जिम्मेवारी बहन गर्न नसक्ने ।
डिप्रेसनका मुख्य ३ वटा लक्षणहरु :
मन नरमाइलो हुने /उदास हुने
कुनै पनि कुरामा खुसी हुन या रमाउन नसक्ने ।
शरिरमा शक्ति नै छैन जस्तो लाग्ने । ज्यादै थकान लाग्ने ।
डिप्रेसनका विरामीहरुले उपचार नपाए के हुन्छ ?
- कामहरु जस्तै पेशा व्यवसाय वा घरको काम गर्न नसक्दा हानि नोक्सानी हुन सक्छ ।
- रोग छिप्पिदै जादा मन ज्यादै उदास र दुखि हुन्छ र आत्महत्या गर्ने सम्भावना हुन्छ ।
- डिप्रेसनका कारण नोकरी छाड्ने ब्यवसाय बाट बाहिर रहने मदिरा सेवन र लागु पदार्थको दुर्व्यसनमा लाग्न सक्ने सम्भावना हुने ।
आत्महत्याको चाहाना ब्यक्त गर्नु या आत्महत्याको संकेत देखाउनुबाट पनि सो ब्यक्तिमा आत्महत्या गर्ने संभावना रहेको कुरा थाहापाउन सकिन्छ । यदि कसैले पनि आत्म हत्याको प्रयास गरेको छ भनी प्रतिकुल परिस्थितिमा फेरी पनि आत्महत्या गर्ने सम्भावना पहिले आत्महत्याको प्रयास नगरेका ब्यक्तिको तुलनामा बढी हुन्छ ।
डिप्रेसनका विरामीको व्यवस्थापन :
डिप्रेसन भएका विरामीहरुलाइ मनोरोग विशेषज्ञ या मानसिक स्वास्थ्य विषयको तालिम प्राप्त स्वास्थ्य कर्मी बाट उपचार गराउनु पर्दछ । नियमित औषधी सेवन र परामर्श द्वारा डिप्रेसन लाइ पूर्ण रुपमा निको वनाउन सकिन्छ ।
डिप्रेसनका विरामीहरु लाइ उपचार एवं मनोसामाजिक परामर्शद्वारा पूर्ण रुपमा निको पार्न सकिन्छ ।
औषधी उपचारको साथसाथै यस्ता विरामीहरुलाइ मनोसामाजिक परामर्शको समेत जरुरी पर्दछ । तालिम प्राप्त स्वास्थ्य कर्मीहरुले सुन्ने सिप को प्रयोग गरी समानुभूतीका साथ ध्यान पुर्वक विरामीका समस्या सुनीदिनेछन र समस्या समाधान गर्न का लागी विरामीलाइ आत्मवल को विकास गरी मद्दत गर्ने छन ।
लेखक पाण्डे स्वास्थ्य कार्यालय स्याङजामा कार्यरत हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…