स्याङ्जा देखि खोटाङ् सम्मको धार्मिक बोलबम यात्रा ।

आँधीखोला खवर/वालिङ :
सामुहिक बोलबम समिति झलुङ्गे बायटारीको आयोजनामा धार्मिक यात्रा—२०७६ शुरु भएको छ । वालिङ नगरपालिका वडा नम्वर १३ बाट शुरु भएको यात्रा खोटाङको हलेसी महादेवको दर्शन गरेर फर्कने समितिका अध्यक्ष राम प्रसाद डुम्रेले जानकारी दिनुभयो । शनिवारबाट शुरु भएको यात्रा वुधबार सम्म जारी रहने समितिले जनाएको छ । साउन महिनाको अवसर पारेर गरिएको धार्मिक बोलबम यात्रामा ३० जनाको सहभागिता रहेको समितिका कोषाध्यक्ष प्रेम पराजुलीले जानकारी दिनुभयो ।
बोलबम यात्रीहरुलाई वालिङ नगरपालिका वडा नम्वर १३ का अध्यक्ष आनन्द पाठक, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, संघका महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुषाल लगायतले विदाई गर्नु भएको हो ।

समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


