डेंगु रोगबाट सचेत रहौं, आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।

कमल पाण्डे
( जनस्वास्थ्य निरिक्षक)
जिल्ला स्वास्थ्य कार्यालय, स्याङजा

डेंगु ज्वरो संक्रमित लामखुट्टे को टोकाइबाट सर्ने एक प्रकारको भाइरल (Viral ) सरुवा रोग हो ।यो रोग Virus द्वारा  संक्रमित भएको एडिस एजिप्टाइ (Ades Aegypti ) र एडिस एलबोपिक्टस (Ades Albopictus ) जातका पोथी लामखुट्टे हरुले सार्ने गर्दछ । वातावरणिय परिवर्तनका कारण संसारमा यो रोग तिव्र गतिले बढ्ने क्रममा रहेको छ । यो रोग जनस्वास्थ्य समस्याको रुपमा रहेको रोकथाम गर्न सकिने रोग हो । विश्वका उच्च तापक्रम तथा मध्यम तापक्रम ( Tropical , Sub Tropical Temerature ) भएका शहर तथा शहर उन्मुख क्षेत्रहरुमा यो रोग बढि पाइन्छ ।

      डेंगु रोग नेपालमा नया रोग ( Emerging Disease ) को रुपमा देखिएको छ । ग्रामिण क्षेत्रमा भन्दा शहरमा एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको बृद्धि बिकासको लागी अनुकुल बाताबरण हुने भएकोले शहरी क्षेत्रहरु रोगको बढि जोखिममा हुने गरेका छन ।शहरी क्षेत्रमा मानिसहरुको बसाइ सराइ तिव्र रुपमा हुने गरेको पाइन्छ । र यहां बसोबास गर्ने मानिसहरुले बिभिन्न प्रकारका भौतिक सुबिधा हरु प्रयोग गर्ने गर्दछन । प्रयोग नहुने पुराना सामाग्रीहरु यो लामखुट्टेको बृद्धि विकासको लागी उपयुक्त स्थान हुने भएकोले पुराना सामाग्रीहरुको उचित व्यवास्थापन हुन नसकेको कारणले शहरी क्षेत्र बढि जोखिममा परेको देखिन्छ ।

नेपालमा सन २००४ मा पहिलो पटक चितवन जिल्लामा विदेशि नागरीकमा डेंगु रोग पाइएको थियो भने २००६ मा पहिलो पटक नेपालमा डेंगु रोग प्रकोपको रुपमा देखापरेको थियो । २०१० मा यो रोग नेपालका चितवन रुपन्देही नवलपरासी पर्सा कैलाली र कन्चनपुर लगायत ८ वटा जिल्लामा महामारीको रुपमा देखा पर्यो ।हाल यो रोग नेपालका धेरै जिल्लाहरुमा देखा परिसकेको छ ।

Dangu-mosqueto

यो रोगको अहिले सम्म रोग बिरुद्ध खोप उपलब्ध भएको छैन र यो रोगको उपचारको लागी खास औषधि समेत नभएको हुदा मुख्य कुरा नै यो रोगबाट बच्नको लागी गरिने कृयाकलाप तथा रोग तुरुन्तै पत्ता लगाउने र तुरुन्तै लाक्षणिक उपचार गर्नु नै बढि प्रभावकारी हुन्छ ।

यस रोगमा असाध्यै ह्ड्डी दुख्ने र उच्च ज्वरो आउने हुदा यस रोगलाइ हड्डि तोड ज्वरो (Break Bone Fever ) पनि भनिन्छ ।

डेंगु भाइरसका चार प्रकारका सिरोटाइप (Sero types ) हरु Dengue -1, Dengue-2, dengue-3 ,Dengue-4  को संक्रमण बाट डेंगु रोग लाग्दछ यि चार वटै सिरोटाइप हरु नेपालमा पनि पाइएको छन ।

      एडिज एजिप्टाइ लामखुट्टे घर तथा घर वरिपरी वसि उज्यालोमा मानिसलाइ टोक्ने स्वभाव भएको लामखुट्टे हो । जसले जम्मा भएको थोरै सफा पानीमा फूल पार्न सक्दछ जस्तै बर्षाको पानी जम्ने भाडाहरु ,फुल दानी , पानी ट्यांकीहरु, कुलर, नरिवलका खपटाहरु, निर्माणका ठाँउहरुमा फ्याकीएका साना तिना पानी जम्मा हुन सक्ने भांडाहरु, चियाका कपहरु, गाडीका टायरहरु आदी । यि लामखुट्टे हरु घर भित्र आराम गर्दछन । घर बाहिर  बिभिन्न बस्तुहरुमा जस्तै झुण्डाएर राखेका कपडाहरुमा अध्यारो कुनामा चिसो र छहारी ठाँउहरुमा वस्दछन । डेंगुको प्रकोप वर्षाद पछिको समयमा सामान्यतया  फैलिन सक्दछ यस समयमा ति लामखुट्टेहरुलाइ बृद्धि बिकास गर्ने बातावरण उपयुक्त हुन्छ ।

डेंगु भाइरसको संक्रमण :

एडिज जातका लामखुट्टेले संक्रमित व्यक्तिलाइ टोके पछी संक्रमणको चक्र शुरु हुन्छ । सामान्यतया मानिसलाइ टोकेपछी ८ देखि १० दिनको अबधिमा लामखुट्टे संक्रमित हुन सक्दछ ।संक्रमित लामखुट्टे फूलमा समेत भाइरस रहन्छ । मानिस नै मुख्य भाइरस लाइ आश्रय (Host)  दिने जिव हो ।४ देखि ७ दिन सम्म मानिसको शरीरमा भाइरस प्रभाह भइरहन्छ ।

डेंगु ज्वरोका प्रमुख चिन्ह र लक्षणहरु :

एक्कासी कडा खालको ज्वरो (Acute Febrile Fever १०४ डी. से. सम्म ) आउनुका साथै निम्न बमोजिमका लक्षणहरु लिएर आएका विरामीलाइ संकास्पद डेंगु रोगका बिरामी भनिन्छ ।

क. अत्याधिक टाउको दुख्नु

ख. आंखाको पछाडी पट्टिको भाग दुख्नु

ग. मांशपेशि तथा हाड जोर्नीहरु दुख्नु

घ. बिमिरा आउनु

ङ. रक्तश्राव हुनु

च. सेता रक्तकोषको संख्यमा कमि हुनु

डेंगु रोगको बचाबट तथा नियन्त्रण

१. बहाकको नियन्त्रण :

      नेपालमा करिव ५० जातिका एडिस लामखुट्टे पाइन्छ जस मध्ये २ प्रजातिले मात्र रोग सार्न सक्दछ  १ एडिस एजिप्टाइ २ एडिस एल्वोपिक्टस । भाले लामखुट्टेले फलफूलको रस मात्र चुस्दछ । एउटा पोथी लामखुट्टेले रगत खाएको २ दिन पछी फूल पार्न थाल्दछ र उसको १५ देखि ३० दिनको जिवनमा करिव ३०० वटा नवग्ने जमेको सफा पानी भएको ठाउमा फूल पार्दछ तिनै फूलहरु बाट बहाकको लार्भा प्यूपा हुदै बयस्क लामखुट्टेमा परिणत हुन्छ त्यसकारण बाहक तथा तिनको लार्भा नियन्त्रण गर्न जरुरि छ ।

      जुन ठाउमा लार्भा भएको संका गरीन्छ त्यस ठाउमा लार्भाहरु हटाउने कृत्रिम भाडाहरुमा पानी जम्न नदिने जस्तै मोटरका टायरहरु, कुलर, गमला, फूलदानी, खाली बट्टा ,         अलकत्र तथा मट्टीतेलका खालि ड्रमहरु, प्लाप्टीकका फूटेका तथा फ्याकीएका भांडाहरु हटाउने ।

      पानी जम्मा गर्ने ड्रम तथा ट्यांकीहरु मा ३ ४ दिनमा पानी फेरी राख्ने पानी ट्यांकीमा ढकन लगाउने फूलको गमलामा हरेक हप्ता पानी फेरी राख्ने, घर वरपर सफा सुग्घर गर्ने पानी जम्ने खाल्डा खुल्डी पुर्ने गर्नु पर्दछ ।

      रोग देखिने समयमा अभियानको रुपमा प्रत्येक हप्ता आ आफ्नो घर टोल सवै ठाउमा लार्भाहरु भएको ठाउ खोज्ने र नष्ट गर्ने काम गर्नु पर्दछ ।

२. बयस्क लामखुट्टेको नियन्त्रण :

      यस जातका लामखुट्टे दिनमा टोक्ने र घर भित्रै टोक्न सक्ने हुदा भित्तामा या अध्यारो कुनामा नवस्ने भएकोले घर भित्र औषधि छर्कीएर नियन्त्रण गर्न सकिदिनै त्यसैले खुल्ला बातावरणमा किटनासक विषादी छिडकाउ गर्ने जस्ता कार्य गर्न सकिने तर यि कार्य त्यति प्रभावकारी मानिएको छैन ।

३.मानिस र लामखुट्टेको सम्पर्क विच्छेद गर्ने :

      दिउसो विहान र साझ जहा वस्दा पनि पुरा बाहुला भएको र पुरा शरिर ढाक्ने कपडा लगाउने ।

      साना साना नानी । बाबुहरुलाइ दिउसो सुताउदा झुल लगाएर सुताउने ।

      हाल खुट्टामा तेल लगाउने वा मलम लगाउने ताकी लामखुट्टे बस्न नसकोस ।

      घरमा झ्याल ढोकामा जाली लगाउने घर वरपर सफा सुग्घर राख्ने र खाल्टा खुल्टी पुर्ने ।

Facebook Comments Box
TOP