किन आउँछ जिब्रो तथा मुखमा घाउ ? यस्ता छन् निको पार्ने उपायहरू

मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनाकानी र कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीले निकै सताउँछ गर्छ । यसले गर्दा खान तथा बोल्नै नहुनेगरी दुःख दिन सक्छ ।
कहिले सानु र एक वा एकभन्दा बादी हुने योे समस्या बढेर जटिल भइ घाऊ ठूलो र गहिरो भएर लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या निम्तिन सक्छ । हाम्रो शरीरमा भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत पोषणको कमीले मुखमा घाउ हुन्छ ।
यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच जस्ता पेटसम्बन्धी रोगहरू तथा शरीरमा पानीको कमी भएका कारणले हाम्रो मुखभित्र खटिरा आउने गर्छ ।
यसै गरि सुर्ती–पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने आउने सम्भावना पनि बेसी हुने गर्छ ।
यस्तो समस्या हुदा प्रशस्त मात्रामा हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने, पानी पिउने, धेरै तातो खाने कुरा नखाने, धेरै मसला भएको चिल्लो नखानुका साथै मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने गर्नु पर्छ ।
यस संगसंगै बदाम भिजाएर खाने या हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने गर्नु पर्छ । घाउमा मह लपक्क लगाउनु का साथै निमको पात वा जिरा चपाउने गर्दा निकै आराम मिल्ने गर्छ । बारम्बार यस्तो समस्या भइरहेमा हामीले चिकित्सक समक्ष जाँच गराउनुपर्छ ।
बिभिन्न रोगको कारण जस्तै यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले पनि मुखमा घाउ आउन सक्ने भएकोले यस्ता घाउहरू जटिल हुन सक्छन् र घरेलु उपचारले काम नगरेमा औषधोपचार पनि आवश्यक हुन सक्छ ।
यसका कारण हामीले उपचारका लागि चिकित्सकको सल्लाह लिनु आवश्यक पर्छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…