टाँडीमा हिरासत भित्र युवक झुण्डिएको अवस्थामा, बकुल्लहरमा गोली चल्यो, १५ बढी नियन्त्रणमा
चितवन,बैशाख २६ ।

ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ ।कालिका नगरपालिका वडा नं. १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सो क्रममा प्रहरीले पाँचरसात राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।प्रहरीले बल प्रयोग गरी राजमार्ग नियमित गराएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।
रेडियो अर्पणबाट
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


