विश्वकप क्रिकेट : भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो,दक्षिण अफ्रिकाले लगातार तेस्रो हार ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । योसँगै दक्षिण अफ्रिकाले लगातार तेस्रो हार व्यहोरेको छ ।
दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । भारतका लागि रोहित शर्माले शतक प्रहार गरे । रोहितले नटआउट रहँदै १२२ रनको योगदान दिए । १४४ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै ३४ बल खेलेका कप्तान विराट कोहली १८ रनमा आउट हुँदा महेन्द्रसिंह धोनीले ३४ रन बनाए । त्यस्तै केएल राहुलले २६ रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २ विकेट लिए । त्यस्तै क्रिस मोरिस र एन्डिल फेलुकवायोले एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । १५८ रन बनाउँदा सात विकेट गुमाएको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कागिसो रबाडाको ६६ रनको साझेदारीले माथि उठाएको हो । क्रिस मोरिसले सर्वाधिक ४२ रन बनाउँदा रबाडा ३१ रनमा नट आउट रहे । कप्तान फाफ डु प्लेसिस ४२ रनमा आउट हुँदा फेलुकवायोले ३८ रन जोडेका थिए ।
बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिँदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई-दुई विकेट लिए ।
समाचार
थप सामाग्री
वालिङ अस्पताललाई आधुनिक शव फ्रिज हस्तान्तरण
३ दिन अगाडि
वालिङ : स्याङ्जाको वालिङमा रहेको गह्रौं प्रथामिक अस्पताललाई मृतदेह संरक्षण फ्रिज अर्थात मोरटुअरी रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज…


