पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोना, २९ जनाको मृत्यु ।
काठमाण्डौ :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २९ जनाको मृत्यु भएको छ। सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् ।
१० हजार ५०४ जनामा कोरोना परीक्षण भएकोमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ५ हजार १३० जना र पीसीआर विधिबाट ५ हजार ३७४ जनामा परीक्षण भएको हो ।
हालैका दिनमा निको हुने भन्दा नँया संक्रमितको संख्या बढेको छ ।
यसरि हालसम्म नेपालमा ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ३२० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


