स्याङ्जामा करेन्ट लागेर एकको मृत्यु
स्याङ्जा :
स्याङ्जाको भिरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
भिरकोट नगरपालिका वडा नं ७ हेलुस्थित आँधीखोलामा माछा मार्ने क्रममा सोही नगरपालिका वडा नं ७ लामाचौर बस्ने ३४ वर्षीय बिवेक खाँणको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खाँणले आँधीखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको र उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…