स्याङ्जा :बुहारीमाथि पटक–पटक बलात्कार गर्ने ससुरा पक्राउ
स्याङ्जा– स्याङ्जामा बुहारीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालाय, स्याङ्जाले २१ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरालाई पक्राउ गरेको हो।
ससुराले मादक पदार्थ सेवन गरी सुतेको अवस्थामा पटक–पटक बलात्कार गरेको महिलाले बिहीबार दर्ता गरेको जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए।
बृद्धलाई जिल्ला अदालतबाट करणी सम्बन्धी कसूर मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…