आगलागी पीडितलाई प्रदेश सांसद मल्लको आर्थिक सहयोग
आँधीखोला खबर/कालिगण्डकी :
स्याङ्जाको कालिगण्डकी ५ का आगलागी पीडिततलाई गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले आर्थिक सहयोग गर्नु भएको छ । स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ५ बाँसटारीमा बिहीबार भिषण आगलागी हुँदा २३ लाख भन्दा बढिको क्षती भएको थियो ।
स्थानीय नेत्र प्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोले ३ घर र ६ गोठ तथा कटेराहरु जलेर नष्ट भएको थियो ।
नेपाली कांग्रेसका युवा नेता एवं प्रदेश सांसद मल्ल सहितको टोली आगलागी पीडितलाई भेटेर नगद सहित बिभिन्न सहयोग गरेको हो । टोलीमा नेपाल रेड्क्रस स्याङ्जाका मन्त्री दिनेश अर्याल, नेपाली काँग्रेस क्षेत्रिय सचिव एवं वडा अध्यक्ष महेश भट्टराई, नेपाल तरूण दल गल्याङ् नगर सभापति कृष्ण भट्टराई, नेपाल महिला संघ क्षेत्रिय सचिव हेमा न्यौपाने, नेविसंघ क्षेत्रिय सभापति विज्ञान भण्डारी, नेविसंघ गल्याङ् नगर सभापति प्रदिप पाण्डेय लगायतको सहभागिता रहेको थियो ।
आगलागी पिडितलाई रु २६००० नगद, त्रिपालहरु तथा रेडक्रस सामाग्री समेत वितरण गरिएको थियो ।
यो पनि पढ्नुहोस् :
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


