पूर्व विद्यार्थी मञ्चमा लम्साल

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ । लम्सालको नेतृत्वमा १५ सदस्सीय मञ्च गठन गरिएको हो ।

पूर्व विद्यार्थी मञ्चको सदस्यहरुमा चन्द्रमणी पौडेल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद अर्याल, चिरञ्जीवि लम्साल, पोमनारायण अर्याल, महादेब श्रेष्ठ, निर्मलकुमार शेरचन, शिवप्रसाद तिमिल्सिना, केदार नेपाल, अमृत श्रेष्ठ, महेन्द्र रेग्मी, महेश पुरी र हर्कबहादुर कुँवर रहेका छन् ।

संयोजक लम्सालको नेतृत्वले आउँदो ६ महिनाभित्र मञ्चको पहिलो अधिवेशन गर्नेछ । २०२८ सालदेखि २०८१ सम्मका पूर्व विद्यार्थीहरुबीच सहकार्य गर्ने उद्देश्यले मञ्च गठन गरिएको हो । मञ्चमार्फत पूर्व विद्यार्थीहरुको एकताबाट विद्यालयलाई शैक्षिक र भौतिक रुपमा टेवा पु¥याउने लक्ष्य राखिएको संयोजक लम्सालले जानकारी दिए ।

मञ्चले नयाँ वर्ष २०८३ को अवसर पारेर बैशाख १ गते पूर्नमिलन तथा बृहत शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरेको छ । शुभकामना आदानप्रदानसँगै पहिलो चरणमा आवश्यक रणनीति बनाएर देश विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई जोड्ने काम गरिने भएको छ ।

दिपक लम्साल
दिपक लम्साल

‘हामीले २०२८ सालदेखि २०८१ सम्म अध्ययन गरी विद्यालयबाट बाहिरीएका विद्यार्थीको तथ्याङ्क संकलन गरिरहेका छौं ।’ मञ्चका सदस्य कृष्णप्रसाद अर्यालले भने, ‘तथ्याङ्क संकलनपछि छलफल र अन्य तयारी गर्ने छौं ।’ हजारौं पूर्व विद्यार्थीहरुको एकताबाट विद्यालयलाई कस्तो सहयोग गर्न सकिन्छ सोहि अनुरुपको रणनीति बनाउने अर्यालले बताए ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोष स्थापना गरेर शैक्षिक सहयोग जुटाउने तयारीमा मञ्च लागेको छ । विद्यार्थीको स्वास्थ्यमा सहयोग पु¥याउने कार्यक्रम, खानेपानी, वातावरण, गुणस्तरीय छात्राबासको व्यवस्थापन र विद्यालयको वर्तमान भौतिक अवस्थालाई सुधार ल्याउन आवश्यक सहयोग जुटाउने तयारी समेत गरिएको छ ।

विद्यालयको बृहत्तर हितसँगै प्रगतिका लागि मञ्च गठन गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम पौडेलले बताए । कामको सिलसिलामा देश बिदेशमा रहेका पूर्व विद्यार्थीको क्षमता र दक्षताको उपयोग गरेर मञ्चले विद्यालयको हितमा काम गर्न खोजेको प्रधानाध्यापक पौडेलले जनाए । पूर्नमिलन र शुभकामना आदानप्रदान कार्यक्रमको तयारी तीव्र पारिएको विद्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP