वालिङमा माटो र हावापानी सुहाउँदो कृषि खेती प्राथमिकतामा : नगर उपप्रमुख तिवारी ।
वालिङ :
भिमटारी सामुदायिक सिकाई केन्द्र वालिङ ८ भिमटारीले च्याउ खेती सम्वन्धी एकदिने तालिम प्रदान गरेको छ । तालिमको शुभारम्भ गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले वालिङमा माटो तथा हावापानी सुहाउँदो कृषि खेति प्रणालीलाई अगाडि बढाउँन नगरपालिका सक्रिय रहेको बतउानु भयो । उहाँले भन्नुभयो,“पहाडी क्षेत्र र हावापनी अनुसारको खेती गरे मात्रै उचित लाभ लिन सकिन्छ,हाम्रो ध्यान पनि यसै तर्फ रहेको छ ।”
पालिका प्राविधिक सहयोगका साथै उत्पादन भएको बस्तुको बजारीकरणका लागीे सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
कृषि क्षेत्रको उन्नतिका लागी नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएर अगाडि बढाएको उहाँको भनाई छ । कृषिका क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको भन्दै सिकाई केन्द्रले कृषकलाई च्याउ खेतीमा लाग्न अभिप्रेरित गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारीले तालिममा सिकेका सिपलाई उपयोग गरी व्यवसायिक रुपमा अगाडि बढ्न सहभागिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनीले सिपमुलक तालिमको भरपुर उपयोग गरी आर्थिक उर्पाजनमा लाग्न अनुरोध गर्नुभयो । उद्दघाटन कार्यक्रममा कार्यपालिका सदस्य भक्तबहादुर गोतामे, नगरपालिका प्रशासन शाखा प्रमुख नारायणप्रसाद रेग्मी, शिक्षा साखा प्रमुख गिता पाठक, वडा सदस्य चोलाकान्त अर्याल र कविता नेपाली लगायतको सहभागिता रहेको थियो ।
तालिममा वडा भित्रका ५५ जना कृषक तथा कृषिमा चासो राख्ने व्यक्तिहरुको सहभागिता रहेको थियो । तालिममा डाँसीनारायण अर्यालले सहजीकरण गर्नुभएएको थियो । तालिममा सहभागि सबैलाई च्याउको बिउ तथा च्याउखेतिका लागी आवश्यक सामाग्रीहरु समेत वितरण गरिएको सिकाई केन्द्रका अध्यक्ष नेत्रनारायाण रेग्मीले जानकारी दिनुभयो । कार्यक्रम केन्द्रका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सिता रेग्मी र संचालन सचिव शिवप्रसाद अर्यालले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना…


