स्याङ्जाको विकासमा हिँजो, आज र भोली पनि म प्रतिवद्ध छु : अर्याल
स्याङ्जा :
स्याङ्जा क्षेत्र नंं. २ का उम्मेदवार तथा नेकपा एमाले केन्द्रिय कमिटि एवं पुर्व मन्त्री पद्मा अर्यालले स्याङ्जाको विकासमा आँफू प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलबार वालिङ ६ को भरुवा, रसखोला, छापडाँडा, भरुवालगायताका स्थानहरुमा मतदाताहरुलाई भेट्दै उम्मेदवार अर्यालले भन्नुभयो, “स्याङ्जाको विकासमा म हिँजो पनि आज र भोली प्रति प्रतिवद्ध छु । ३ वर्षमा विभिन्न मन्त्रालयमा रहँदा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, युवा स्वोरोजगार, भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा बजेट विनियोजन गरेर धेरै परिर्वतन भएका छन् ।”
पहिलेको स्याङ्जा र अहिलेको स्याङ्जामा धेरै परिर्वतनहरु भएको भन्दै केहि अधुरा कार्यहरु रहेकाले त्यसलाई पुरा गर्न फेरि पनि मतदाताकहाँ आएको उम्मेदवार अर्यालले बताउनुभयो । स्याङ्जाको शिर निहुराउने काम कहिल्यै नगरेको भन्दै आगामी दिनमा पनि जिल्लाको नाम उच्च बनाउने काम गर्ने उहाँको भनाई छ । आगामी निर्वाचनमा स्याङ्जाली चेलीलाई मतदान गरी जिल्लाको गरिमालाई अझै उचाईमा पुर्याउने उहाँको विश्वास छ ।
जिल्लामा स्वास्थ्य चौकी, अस्पताल निर्माण, विद्यालयमा भौतिक संरचनाको विकास, खानेपानी, सिंचाई, स्वास्थ्य विमा, ग्रामिण सडकहरुको कालोपत्रे तथा स्तरोन्नतिसहित धेरै विकास निर्माणका काम भएको भन्दै यसपटक पनि यहाँको विकासका लागी आँफुलाई मतदान गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रदेश क का उम्मेदवार मोहन रेग्मीले नागरिकले अनुभुत गर्ने विकास निर्माणहरु विगतमा भएको भन्दै विकासले गति लिनका लागी मतदाताहरुले यसपटक पनि एमालेलाई आफ्नो अभिमत दिने बताउनुभयो । कार्यक्रममा एमालेका गण्डकी प्रदेश सदस्य राजु पौडेल, जिल्ला सचिवालय सदस्य पुण्यप्रसाद अर्याल र रमेश अर्याल, जिल्ला सदस्य नम्रता थापा, युवा संघका नेता स्वीकार कोईरालालगायतको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना…


