कोरोनाबाट थप १३ जनाको मृत्यु, थपिए १५७० संक्रमित ।

काठमाण्डौ:
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११ रहेको छ ।

Facebook Comments Box
TOP