थप ४९०४ जनामा कोरोना पुष्टि, ५९२४ जना कोरोना संक्रमित निको ।
काठमाण्डौ:
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १४ हजार ५ सय ६२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ३३१८ पिसिआर परीक्षणबाट र १५८६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा ५९२४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ८७ हजार ३२९ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ८ सय २० जना संक्रमित थपिएका छन्।
समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
७ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


