कांग्रेस महाधिवेशन : आज निर्वाचन क्षेत्रमा अधिवेशन
काठमाण्डाै :
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ ।
एक सय ४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार ६० जिल्लामा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । कांग्रेसको वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
जिल्ला अधिवेशन गर्ने कार्यतालिका आउँदो १० गते तोकिएको छ । क्रियाशील विवादका कारण अधिवेशन अनिश्चित बनेको रसुवा र सर्लाही दुई जिल्लामध्ये रसुवामा जिल्ला निर्वाचन अधिकृत पुनः खटाइसकेको निर्वाचन समितिले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना…


