स्याङजा : तनाव कम गर्न मनोपरामर्श र ब्यायाम
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका १ स्थित क्वारेन्टाईनमा बसेका युवायुवतीलाई मंगलबार मनोपरामर्श सेवाका साथै नियमित गर्ने ब्यायामको अभ्यास गराइएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम मार्फत क्वारेन्टाईन बसाईमा तनाव कम गराउने उदेश्यले मनोपरामर्श सहित ब्यायाम अभ्यास गरिएको हो ।
मनोपरामर्श र ब्यायाम अभ्यासपछि जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले दृढआत्मबलले कोरोना जित्न सकिने बताउदेै खानपान र ब्यवहार सकारात्मक बताउदै नित्यकर्म गर्न सुझाव दिनुभयो । साथै, क्वारेन्टाईनमा बस्नेहरुका गुनासालाई समेट्दै प्रमुख सुन्दासले क्वारेन्टाईनमा भएका अभावलाई सकेसम्म पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
गण्डकी प्रदेश मनोसामाजिक सुपरभाइजर पूर्णशोभा महर्जनले मनोपरामर्शसंगै ब्यायाम सिकाउनुभएको थियो । क्वारेन्टाइनमा बस्ने मध्ये अधिकांश भारत, कोरिया, दुवईबाट गरी ८ महिला सहित ५१ जना रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिनुभयो ।
स्वीस सरकार र नेपाल सरकारको सहयोगमा अन्धाअन्धी सामुदायिक विकास केन्द्रले सुरक्षित आप्रवासन कार्यक्रम मार्फत गल्याङ र वालिङका क्वारेन्टाईनमा मनोपरामर्श लगायत प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
वालिङ अस्पताललाई आधुनिक शव फ्रिज हस्तान्तरण
३ दिन अगाडि
वालिङ : स्याङ्जाको वालिङमा रहेको गह्रौं प्रथामिक अस्पताललाई मृतदेह संरक्षण फ्रिज अर्थात मोरटुअरी रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज…


