नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो, एकैदिन १७ जना थपिए
काठमाडौं : नेपालमा कोरोन भाइरस संक्रमितको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार पर्साका १७ जनाको परीक्षण ‘पोजिटिभ’ आएपछि संक्रमितको संख्या ९९ पुगेको बताए ।
थपिएका संक्रमितहरु दुईमहिने शिशुदेखि ६६ वर्षसम्मका रहेका छन् । अहिलेसम्म ७१ पुरुष र २८ महिला संक्रमित भएका छन् ।
संक्रमितमध्ये २२ जना उपचारपछि निको भएर फर्केपनि फर्केका तीनजना पुनः परीक्षणमा पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना भएका छन् । यसबारे अध्ययन–अनुसन्धान भइरहेको डा. देवकोटाले बताए ।
त्यसैगरी, अहिलेसम्म ‘पीसीआर’ विधिबाट १४ हजार ९६ र ‘आरडीटी’ विधिबाट ५२ हजार ९७० ओटा परीक्षण भएको छ ।
विगत २४ घन्टामा भने ९९१ ओटामात्र परीक्षण भएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना…


