दोभानमा पहिरोले २ जिप पुर्यो : एकको मृत्यु, ६ घाइते ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल-पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेको छ ।

पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज २६१७ नं. जीप र पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु २ च ८४७६ नं. को स्कारपियो लाई सडक माथिबाट खसेको ढुंगासहितको पहिरोले पुरेको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङ अस्पताललाई आधुनिक शव फ्रिज हस्तान्तरण
३ दिन अगाडि
वालिङ : स्याङ्जाको वालिङमा रहेको गह्रौं प्रथामिक अस्पताललाई मृतदेह संरक्षण फ्रिज अर्थात मोरटुअरी रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज…


