सामुदायिक विद्यालयमा मेसिनमार्फत पढाइ
स्याङ्जा — विद्यार्थीलाई पढाइमा आकर्षित गर्न सामुदायिक विद्यालयमा आधुनिक मेसिनको प्रयोग गर्न थालिएको छ । वालिङ् नगरपालिका-१ मा रहेको रणविर जनहित माध्यामिक विद्यालयमा स्मार्ट बुक (टकिङ टिचर) मेसिनमार्फत अध्यापन गराउन लागिएको हो
पछिल्लोसमय सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दै गएका बेला वडा नम्बर १ को कार्यालयले विद्यालयमा मेसिनबाटै पढाउन सकिने प्रविधि भित्र्याएको हो ।
कक्षामा पुरानै सिकाई पद्धतिअनुसार एकोहोरो पठनपाठन गराउने हुँदा स्याङ्जाका सरकारी स्कुलमा अहिले विद्यार्थीको आकर्षण घट्दो रहेको बताउँदै वडाध्यक्ष केदार काफ्लेले स्मार्ट बुक अर्थात ‘टकिङ टिचर’ प्रविधि सञ्चालनमा ल्याएको जानकारी दिए ।
यो प्रविधिमार्फत विद्यार्थीलाई बुझाउन, सम्झाउन र पढाएको कुरा लामो समयसम्म स्मरण गराउन सहज हुने छ भने स्पेलिङ इरर र उच्चारणको समस्या समाधान हुने हुदाँ शिक्षकलाई पनि सजिलो हुनेछ । निलो रङको ‘डल्फिन जस्तो देखिने टकिङ पेनले अक्षर छोएर विद्यार्थीलाई पढाउन सकिन्छ ।
दुईहजार शब्द अंग्रेजी र एकहजार शब्द नेपाली यूकेजीमा अध्यनरत विद्यार्थीले तीनहजार शब्द अंग्रेजी र पन्”सय शब्द नेपालीमा भिडियो र अडियोसहित सिक्न सक्ने क्रियटिभ एडुटेन्मेन्ट वर्ल्ड प्रालि गण्डकी प्रदेशका व्यवस्थापक बासुदेव सुवेदीले जानकारी दिए ।विद्यार्थीको पढ्ने सीपमा विकास गराउन, सुनाइका आधारमा लेख्न सक्ने बनाउनका लागि यो प्रविधि अन्तर्गत ‘नेपाली’ र ‘अग्रेजी’ दुबै भाषामा अलग-अलग पाठ्यपुस्तक रहेको रेग्मीले जानकारी दिए । यसमा कुन भाषामा पढ्ने भन्ने विकल्प भएकाले शिक्षकलाई पनि उपयोगी हुने उनको भनाई छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


