स्याङ्जामा मादक पदार्थ बेचविखनमा रोक

jipraka_pic_new
स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आजदेखि निर्वाचन मतपरिणाम घोषण नहुँदा सम्म मादक पदार्थ विक्रि वितरण तथा सेवनमा रोक गराएको छ । यही फाल्गुन २१ ग्ते हुने निर्वाचनलाई स्वस्छ र शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, शान्तिपुर्ण एवं भयरहित वातावराणमा सम्पन्न गर्ने सम्बन्धमा गृह मन्त्रालयले मतदानको मिति भन्दा एक हप्ता अगाडिदेखि निर्वाचनमा परिणाम नआउँदा सम्मका लागि देशभरी नै यो निर्णय लागू हुने जनाएको छ ।
यसैक्रमा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीद्धारा जारी विज्ञप्तिमा फाल्गुन १५ देखि निर्वाचनको मतपरिणाम सार्वजानिक नहुँदासम्मको मितिमा जिल्ला भित्र मदिरा तथा मदिराजन्य पदार्थ सेवा र विक्रि वितरणमा रोक लगाईएको उल्लेख छ । प्रशासनको यो आदेश विपरितको कार्य गरेमा कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
Facebook Comments Box
TOP