बैंकहरु सामाजिक उत्तरदायित्वमा मौन : स्याङ्जामा मुक्तिनाथ र गरिमा बैंक मात्रै सक्रिय

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जामा शाखा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरु सामाजिक उत्तरदायित्व बहन गर्नबाट मौन (निश्क्रिय) बसेका छन् । बैंक तथा वित्तीय संस्थालाई शाखाको सेवा क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत खर्च गुर्नपर्ने व्यवस्था गरेपनि स्याङ्जामा शाखा रहेका बैंकहरुले हालसम्म उत्तरदायित्व शिर्षकमा कत्तिपनि खर्च नगरि मौन (निश्क्रिय) बसेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट कम्तिमा एक प्रतिशत रकम उत्तरदायित्व कोषमा राख्ने व्यवस्था गरेको छ । कोषमा राखिएको एक प्रतिशतको कुल रकम मध्ये ६० प्रतिशतले हुने रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्व अन्र्तगतको सेवामा खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

औद्योगिक व्यवासय ऐन, २०७६ को दफा ५४ को व्यावसायिक सामाजिक जिम्मेवारी सम्बन्धी व्यवस्थाको उपदफा १ बमोजिम बाध्यकारी व्यवस्थाका बारेमा आमसर्वसाधारणले सहज रुपमा बुझ्न नसक्दा कर्तव्य विमुख बैंक संचालक र जिम्मेवारी नै नभए जसरी कर्मचारीलाई मौन बस्न सहज भएको छ ।

उत्तरदायित्व कोषको रकमबाट बैंकका संचालक तथा उच्च व्यवस्थापन समूहले लापरबाही, मनपरी, बेपरवाहा (मन लाग्दी) खर्च गरेपछि राष्ट्र बैंकले २०८१ को मौद्रिक नीति मार्फत कडाईका साथ सामाजिक उत्तरदायित्व खर्चलाई मार्गदर्शन समेत गरेको हो ।

मार्गदर्शन अनुसार शिक्षा, स्वास्थ्य, सहयोग तथा राहत, वित्तीय साक्षरता, सरकारको दिगो विकास लक्ष्य प्राप्तीमा सहयोग, सचेतना र प्रदेश स्तरमा १० प्रतिशत मानव परोपकारमा खर्च गर्नुपर्ने भनेपनि स्याङ्जामा शाखा रहेका बैंकहरु खर्च गर्नमा गुमनाम छन् ।

जिल्ला सदरमुकाममा शाखा रहेका बैंक मध्ये श्रोतले दिएको तथ्याङ्क अनुसार नेपाल बैंकले झण्डै ३०० करोड निक्षेप संकलन गर्दा १०० करोड लगानी गरेको छ । कृषि विकास बैंकले ७२ करोड संकलन गरेर ४५ करोड लगानी गरेको छ भने वाणिज्य बैंकले ७५ करोड उठाएर ७० करोड लगानी गरेको दाबी गर्दै श्रोतले एभरेष्ट बैंकले १२२ करोड १४ लाख उठाएर ५९ करोड २५ लाख लगानी गरेको जनाएको छ ।

श्रोतले उपलब्ध गराएको विवरण अनुसार माछापुच्छ«े बैंकले ७२ करोड उठाएर २० करोड लगानी गरेको छ भने कुमारी बैंकले ४० करोड संकलन गरेर २० करोड लगानी गरेको छ । प्रगतिनगरमा शाखा रहेको एनआईएमबी बैंकले ४५ करोड संकलन गरेर २० करोड लगानी गरेको दाबी गर्दै श्रोतले सानिमा बैंकले २५ करोड उठाएर २० करोड लगानी गरेको जनाएको छ ।

अन्नपूर्ण फाईनान्ससँग मर्जर भएर कैलाश विकास बैंक हुँदै पछिल्लो समय प्राइम बैंक बनेको बैंकले ६२ करोड निक्षेप संकलन गरेर २२ करोड मात्रै लगानी गरेको श्रोतले दावी गरेको छ ।

स्याङ्जामै स्थापना भएर कठोर मेहनतले राष्ट्रिय स्तरका बैंक बन्न सफल भएको मुक्तिनाथ विकास बैंकले २११ करोड निक्षेप संकलन गरेर ८० करोड लगानी गरेको छ भने गरिमा विकास बैंकले २९३ करोड जम्मा गरेर ११२ करोड लगानी गरेको छ । बाडखोलामा शाखा रहेको लुम्बिनी विकास बैंकले ३५ करोड उठाएर १५ करोड लगानी गरेको छ ।

शाखा कार्यालय खोलेपछि जे गछौं (व्यापारीक टुल्स), जसरी हुन्छ बैंक अथावा हामी (लगानीकर्ता) लाई मुनाफा कमाईदेउ भनि खटाइए जस्तो गरि कर्मचारीहरु उनीहरु प्रति वफादार बन्दै मस्तिराम बनेर उत्तरदायित्व विमुख बन्दै आएका छन् ।

बैंक संचालक र उच्च व्यवस्थापनको चित्त बुझाएपछि स्थानीय सेवाग्राहीले जे जस्तो समस्या झेल्नु परेपनि शाखाका कर्मचारीलाई बेमतलब कुनै सरोकार छैन् । बैंकका कर्मचारी सुकिला मुकिला र दम्बि (घमण्डी) बन्दा सेवाग्राहीहरु उत्तरदायित्वको सेवाबाट बञ्चित हुन् बाध्य छन् ।

केन्द्रका लगानीकर्ता समेत (संचालक) को निर्देशनमा हाकिमले अहएपछि निक्षेप संकलन गर्न र ऋण लगानी गर्न ठूला र राम्रा व्यवसायीको पाउमोल्न पछि नपर्ने कर्मचारीहरुले गरिब तथा उत्पीडन वर्गका मानिसलाई छिछि र दुरदुर गर्छन् । कर्मचारीले त्यहि छिछि र दुरदुर गर्ने वर्गको हितमा सेवा (परोपकारी काम) गर भनेर राष्ट्र बैंकले उत्तरदायित्व सामाजिक जिम्मेवारी बोकाएको हो भने मार्गदर्शन मार्फत सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गर्नेपर्ने गरि कडाई गरेको हो ।

स्याङ्जा जिल्लामा शाखा कार्यालय रहेका बैंक मध्ये मुक्तिनाथ र गरिमा विकास बैंक बाहेक अन्य बैंकले हालसम्म सदरमुकाम, वालिङ्, गल्याङ, मिर्मि चापाकोट, सेतिदोभानको कृषि, फेदीखोला, अर्जुनचौपारी, हरिनाशको गिरेकोट, बयरघारी र बिरुवा लगाएतका कुनैपनि ठाउँमा सुकेको कौडि समेत खर्च गरेका छैनन् ।

जिल्लाकै सर्वसाधारण नागरिकबाट रकम बचत (निक्षेप संकलन) गर्ने अनि उनीहरुलाई नै ऋण प्रबाह गरेर करोडौ कमाएका बैंक उत्तरदायित्व शिर्षकमा खर्च गर्न गैरजिम्मेवार छन् । गैरजिम्मेवार बन्नुको पनि सिमा छैन् । सामाजिक उत्तरदायित्वमा खर्च नगरेर स्थानीय बचतकर्ताको अधिकार माथि बैंकहरुले लुट मच्चएका छन् ।

स्याङ्जाका सर्वसाधारणबाट उठाएको निक्षेपबाट स्थानीय व्यवसायीलाई लगानी गरेर बैंकले जसरी पनि कमाउने हो भन्ने ध्याउन्नमा मात्रै केन्द्रित छन् । कमाउ धन्दाका कराण सर्वसाधारणको अधिकारी कागजमा सिमित बन्न पुगेको छ ।

बैंकले शाखामा निक्षेप बढि भए केन्द्रिय कार्यालय मार्फत अन्य शाखालाई ब्याजमा लगानी गर्छन भने जिल्लाकै व्यवसायीलाई गरेको लगानी त ऋण भैहाल्यो त्यसबाट ब्याज आईहाल्छ शाखा मार्फत जसरी हुन्छ कमाउँ । भन्ने कुरा कर्मचारीको व्यवहार र गतिविधिले पुष्टि गर्छ ।

स्थानीय एक पूर्व बैंकर्शले भनेको जस्तै अधिकांश ठूला भनाउदा बैंकका धेरै लगानीकर्ता (भारतीय मुलका नेपाली) लाई पोस्ने (पैसाका आधारमा मोटाउने बनाउ) बाहेक अरु कुरामा कर्मचारीलाई ध्यान नदेउ भन्ने आदेश भएजस्तै गरि उनीहरुको व्यवहार पनि उस्तै छ ।

बैंक तथा वित्तीय संस्थाका रुपमा उभिएका लघुवित्तहरुको अवस्था त उल्लेख गर्न लायक समेत छैन् । महिलाहरुलाई प्राथमिकतामा राखेर लगानी गरेको लघुवित्तले चर्को ब्याज असुल्दै आएका छन् । लघुवित्तले झण्डै २४ प्रतिशतका दरले ब्याजमा ब्रम्ह्लुट मच्चाएका छन् ।

पछिल्लो समय राष्ट्र बैंक ब्याजदरमा सिमा तोकेपछि लघुवित्तहरु चर्को ब्याज लिनबाट अलिअलि नियन्त्रणमा आएका छन् । लघुवित्तका कर्मचारीले ऋणीसँग गर्ने व्यवहार त आफ्नै गोजिको पैसा दिए जस्तो रहेको एक ऋणीले बताए ।

ब्याजमै ब्रम्ह्ल्ुट धन्दा चलाएका लघुवित्तले सामाजिक उत्तरदायित्वमा खर्च गर्नु केको चासो हुनु भन्दै स्थानीयले लघुवित्तलाई लुट्न आएको संस्थाको संज्ञा दिए । गाउँका महिलालाई लगानी गर्ने नाममा लघुवित्तले लुट मच्चाएको उनीहरुको आरोप छ ।

मुक्तिनाथ र गरिमाको सक्रियता

सामाजिक उत्तरदायित्वको रकम खर्च गर्नमा मुक्तिनाथ विकास बैंक र गरिमा जिल्लामा सक्रिय छन् । प्रत्येक महिना होस वा वर्षमा यी दुई बैंकले कुनै न कुनै कार्यक्रम गरेकै हुन्छन् ।

कहिले विद्यालयमा गएर गरिब विद्यार्थीलाई पोशाक दिन्छन् त कहिले विद्यालयलाई कम्यूटर दिएका बैंकले शिक्षा, स्वास्थ्यमा सहयोग, राहत, वित्तीय साक्षरता त रक्तदान लगाएका कार्यक्रम गरेकै हुन्छन् ।

बैंकले सकेसम्म सामाजिक उत्तरदायित्व अन्र्तगत रचनात्मक कार्यक्रमहरु नियमित गर्दै आएको दाबी गरेका दुबै बैंकका प्रतिनिधि भन्छन्, ‘उत्तरदायित्वका कार्यक्रम सकेसम्म नियमित गछौं, अलिअलि ग¥यो (कम्तिमा) गरेको भनेपनि बैंकको स्थापना दिवसका अवसरमा देशभरका शाखाहरुमा सेवाका कामहरु गर्दै आएका छौं ।’

स्याङ्जामा वाणिज्य हुन विकास बैंक वा फाईनान्स कसैले पनि कहिल्यै एक रुपैयाँ खर्च गरेर उत्तरदायित्व निर्वाह गरेको अहिलेसम्म चाल नपाएको उनीहरुले बताए ।

यी दुबै बैंकका लगानीकर्ता, संचालक वा कर्मचारी सबैको सक्रियतामा केहि न केहि रचनात्मक कार्यक्रम हुँदै आएको स्थानीयले सुनाए । दुबै बैंकहरु कहिले आँधीखोला त कहिल चापाकोट क्षेत्रमा विद्यालय पोशाक र कम्प्यूटर दियो भन्ने सुनेका छौं, यहाँ धेरै बैंकका शाखा छन् तर अरुले केहि दिएको कहिल्यै नसुनेको उनीहरुले बताए ।

Facebook Comments Box
TOP