नेकपा एमाले वालिङ नगर कमिटीको अध्यक्षमा पुन : पौडेल
वालिङ :
नेकपा एमाले वालिङ नगर कमिटीको अध्यक्षमा पुन शोभाकान्त पौडेल निर्वाचित भएका हुन् । नगर कमिटीको अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएपनि अन्तिम समयमा सर्वसहमतिमा पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । वालिङ नगर कमिटीको निर्वाचन अधिकृत मणीप्रसाद अर्यालले दिएको जानकारी अनुसार अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु सबै सर्वसहमतिमा टुङ्गिएको जानकारी दिए । पौडेलको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको गरिएकाे हाे ।
उनका अनुसार उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा आनन्द पाठक, उपसचिवमा नमलाल डुम्रे र जैसरा रेग्मी निर्वाचित भएका छन् । अध्यक्ष पौडेललाई आजै सफथ खुवाउने र अन्यलाई पछि सफथ सगै प्रमाणपत्र दिने कार्यक्रम तय भएको निर्वाचन अधिकृत अर्यालले बताए । अध्यक्ष सहित पदाधिकारीका लागि एक—एक पद चाहिने भएपनि १२ जनाको उम्मेदवारी परेको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


